समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


पर्सा । वीरगञ्जमा बन्द कोठाभित्र आमाछोरीको शव फेला परेको छ। वीरगञ्ज–१२ मुरलीस्थित एक घरमा बन्द कोठाभित्र आमाछोरीको शव फेला परेको प्रहरीले जनाइएको छ । पर्सा प्रहरीका अनुसार कोठामा बाहिरबाट ताला लगाइएको थियो।

त्यो कोठामा एक परिवार भाडामा बस्ने भएकाले घरबेटीले पनि बन्द कोठाबारे चासो राखेका थिएनन्। सोमबार शव कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोड्दा शव भेटियो । कोठामा कलैया–२६ का पवन साह, उनकी श्रीमती र छोरी बस्थे। श्रीमती र छोरीको शव फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन्।

श्रीमती र छोरीको हत्या गरेर भागेको हुन सक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ। दुबै जनाको शव पोस्टमार्टमका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here