समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २१ मंसिर ।
रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत फुलवारी लिला सम्पन्न भई आज तेस्रो दिन धनुष यज्ञ हुने भएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत मनाइने पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । शनिबार जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सिताले फूल टिप्न गएको बेलामा रामसंग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लिला सम्पन्न भएको थियो । आज धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ ।
त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । यसपाली धनुषयज्ञ भने बाह्रविघा रंगभूमि मैदानमा हुने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले बताए ।
धनुषयज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै दिउँसो १२ बजेदेखि नै धनुषयज्ञको कार्यक्रम सुरु गरिने जनाइएको छ । देश विदेशबाट आउने श्रद्धालु भक्तजन एवम् अयोध्याबाट आउने जन्ती (बाराती) लाई मध्यनजर गर्दै सुलभ शौचालय, वास, खानको व्यवस्था आयोजक समितिले सहज पार्ने जनाइएको छ ।
पहिले पहिले अयोध्याबाट जन्ती आउँदा हात्ति, घोडा, उँट चढेर हजारौँ हजारको सँख्यामा जन्ती तथा श्रद्धालुहरु आउने गर्दथ्यो । वितग केही वर्षदेखि देशको राजनीतिक अस्थिरता र सुरक्षाको दृष्टीकोणले पनि श्रद्धालु कम आएको देखिएपछि अब यसपालीदेखि पुनः पौराणिक समय दोहरिन लागेको महन्त दासले बताए ।
यसपाली भारत युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीलाई नेतृत्व गर्दै जनकपुरधाम आउने भएपछि प्रदेश सरकार र जानकी मन्दिरका महन्तले उनको सेवा र सत्कार एवम् स्वागतको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
आज दिउँसो देखि सुरु हुने धनुष यज्ञमा हजारौँ श्रद्धालुहरु सहभागी हुने छ । यसपाली मित्र राष्ट्र भारतको विभिन्न ठाउँबाट विवाहपँचमीको सप्ताव्यापी कार्यक्रमदेखि नै उपस्थिति जनाएको देखिएको छ ।
धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here