समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । रामजानकी विवाह महोत्सवमा सहभागी हुने भीभीआईपी तथा श्रद्धालुको सुरक्षाका लागि पाँचजना एसपी र १३ जना डीएसपीको कमाण्डमा चार हजार सुरक्षाकर्मी परिचालन गरिरहेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

महोत्सवमा भारतबाट जन्तीको रुपमा हिन्दु परिषद्का पदाधिकारी तथा अन्य भिआइपीहरु समेत आएको हुँदा सीमा क्षेत्रमा दुवै मुलुकका सुरक्षाकर्मी तैनाथ गरिएको छ । विष्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली भारतीय सीमा क्षेत्रमा परिचालन गरेको एसपी खनालले जानकारी दिए ।

जनकपुरधाममा मेलाको रुपमा जम्मा हुने हजारौको भिडमा चोरी तथा लुटपाट हुन सक्ने घटना नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लागेको छ ।

यसका लागि विभिन्न चोक तथा सार्वजनिक स्थानमा एक सय थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस बाहेक १२ वटा समूह बनाएर सादा पोशाकको सुरक्षाकर्मी पनि परिचालन गरिएको उनले जानकारी दिए ।

रातिको समयमा पनि सुरक्षा चुनौति आउने सक्ने तथा विभिन्न अपराधिक घटना हुनसक्ने सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई रात्रीबासका लागि पनि नगरभर छरिएर बस्नेगरी व्यवस्था मिलाइएको छ । सुरक्षाकर्मी बस्न जनकपुर नगर क्षेत्रभित्र रहेका ११ वटा सामुदायिक विद्यालयमा व्यवस्था मिलाइएको उनले बताए । यी बाहेक धर्मशाला तथा मठ मन्दिरहरुमा पनि सुरक्षाकर्मी तैनाथ रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here