समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २० मंसिर।

अगामी मंसिर २६ गते हुने रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीमा नेपाली सेना जुट्ेको छ । धुमधामसँग विवाहपञ्चमी मनाउन र श्रद्धालु भक्तजनहरुको सेवा सुविधाका लागि विभिन्न कामहरुमा नेपाली जुटेको नेपाली सेनाका मेजर सज्जन धोव्जले बताए ।
उनका अनुसार विवाह महोत्सवलाई लक्षित गरी ऐतिहासिक बाह्र विघा रंगभूमी मैदानमा नेपाली सेनाले स्वास्थ्य शिविर, बसेर चिया खाने टहरा र भक्तजनको रात्री बास स्थानको लागि टहार बनाउन लागेको छ ।
१ सय ७० नेपाली सेनाको सहभागितामा २ दिन बाह्र विघा मैदानमा सरसफाई गरिसकेको बताउँदै मेजर धोव्जले यस वर्ष पनि नेपाली सेनाको हेलिकप्टरले पुष्प गुच्छा वृष्टि र जन्तीसँगै नेपाली सेनाको टोली घुम्ने योजना रहेको जनाए ।
मेजर धोव्जले नेपाली सेना आफ्नै लगानीमा श्रद्धालुभक्तजनको तयारी गर्न लागेको जानकारी गराए ।
यस वर्षको विवाहपञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएकाले धुमधामसंग विवाहपञ्चमी मनाउने तयारी छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here