समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । संघीय सरकारले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तैयारी गरेको छ ।

जनकपुरमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने संघ सरकारको निर्णय विरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिन लागेको बताएको छ ।

उनले बन्द अवस्थामा रहेको चिनि मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्र भित्र हस्तक्षेप गरेकोले त्यस विरुद्ध आफुहरु अदालत जान लागेको बताए ।

उनले संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाई लाई समाप्त गर्ने खेल गरि रहेको आरोप समेत लगाए ।

केही दिन अघि मात्र संघीय सरकार विरगंज चिनि मिलको ६ विग्घा जग्गा विक्री गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here