समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयोजनका लागि गाडी हस्तान्तरण गरेका छन् ।
एभरेष्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत उक्त गाडी हस्तान्तरण गरिएको हो ।
(CSR) कार्यक्रमका अध्यक्ष डा. बालगोपाल बैद्य, बैंकका CEO तथा (CSR) सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जोशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएको हो ।
बैंकले स्थापना कालदेखिनै (CSR) कार्यक्रम अन्तर्गत स्वास्थ्य,शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा विभिन्न च्यारिटी गर्दै आईरहेको एभरेष्ट बैंकका मार्केटिङ्ग अधिकृत प्रभात गुरागाईंले जानकारी गराए ।
उक्त गाडी भक्तपुर वडा नं. ४ सुर्यविनायक स्थित चित्रपुर स्याहार केन्द्रकालागि, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा. चन्द्रलेखा तुलाधरको अगुवाईमा मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले भक्तपुरकै सूर्य्विनायक शाखाबाट पहल गरिएको चित्रपुर स्याहार केन्द्रकी अध्यक्ष ज्योति खतिवडाले जानकारी दिएका छन् ।