समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


भैरहवा । शिक्षकको कुटाईबाट घाइते भएका रुपन्देहीको सम्मरीमाईका मोहम्मद तौफिक देवानको उजुरीको आधारमा पक्राउ परेका शैलेन्द्र बरईलाई २५ दिन भित्र अदालतमा पेश गर्ने समय तय भएको छ ।

उनीविरुद्ध बालबालिका ऐनमा आधारित मुद्धा अनुसार अनुसन्धान गरेर अदालतमा पेश गरिने इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले बताए । ‘जिरो टोलरेन्सको मुद्धा भएकाले यसमा अनुसन्धान गरेरै अघि बढ्ने हो,’ उनले भने, ‘बच्चालाई किन, के भएर, केले कुटेको भन्ने विषयमा अनुसन्धान गर्ने हो ।’

यस अघि बुधवार शिक्षकले अस्पताल लगे पनि बिहीवार पुन : अभिभावकले लगेर उपचार गरेपछि प्रहरीलाई विना जानकारी हुलाकबाट ठाडो जाहेरी दिन देवान परिवारलाई आफन्तले सुझाएका थिए । तर आइतवार प्रहरीले चौकीमै बोलाएर प्रक्रियागत दर्ता गराएको ढकालले बताए ।

उता विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बरईले नसोंचेको घटना घटेको र यसले आफु लगायत विद्यालय परिवारलाई नै असर परेको बताए । निजी लगानीमा सञ्चालित विद्यालयमा शिक्षकले जानीनजानी गरेको गल्तीले धेरै नराम्रो प्रभाव पारेको बताए ।

‘केही दिनमै सिसिटिभी जडान गर्ने र आफुले सबै कक्षाको क्रियाकलाप हेर्ने भनिरहेको थिए,’ उनले भने, ‘दिन पर्खिंदापर्खिंदै घटना घटिहाल्यो । उनी त्यस बेला विद्यालयको कामले भैरहवा आएको जानकारी गराए । सोमबार बिहान चौकीबाट मेडिकल रिपोर्ट माग भए पछि भैरहवा आएर तौफिक र उनका हजुरबुवा अस्पतालमा चेकजाँच र रिपोर्ट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here