समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १४ माघ।
जनकपुरस्थित राराव क्याम्पसले शैक्षिक सुधारका लागि राष्ट्रिय विद्यार्थी संघले राखेका विभिन्न मागहरू पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।क्याम्पसले माघ ११ गते राष्ट्रिय विद्यार्थी संघलाई एक पत्र लेख्दै माग पुरा गर्न प्रतिबद्ध रहेको जनाएको हो ।
नियमित पठनपाठन हुनुपर्ने, योग्य शिक्षक उपलब्ध गराउनु पर्ने, शैक्षिक गतिविधि तथा वातावरण सुधार गर्नुपर्ने लगायत मागहरू राखी संघले चरणबद्ध आन्दोलन गरेका थिए ।
संघले ज्ञापनपत्र, तालाबन्दी, क्याम्पस प्रमुखलाई कालोमोसो दल्ने लगायतका कार्यक्रम गरेका थिए ।