समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपालमा विकास पुर्वाधारको सबै थोक हुँदाहुँदै पनि समृद्धहुन नसकेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् । नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं.२ को जिल्ला स्तरीय समन्वय समिति भेलाको समुदघान गर्दै मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताए । मुख्यमन्त्री राउतले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तीनै तहको सरकारलाई आग्रह गरे ।

भ्रमण वर्षलार्ई सफल बनाउन र यस प्रदेशलाइ समृद्धि बनाउने प्रमुख आधारहरुमध्ये एक पर्यटन रहेकोले प्रदेश भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री राउतले बताए । उनले भने, ‘अहिले नेपालमा भ्रमण वर्षको तयारी छ तर जनकपुरधामको जानकी मन्दिर जनकपुरधाम वा नेपालको मात्र नभई विश्वभरीकै हिन्दुहरुको लागि आस्थाको केन्द्र छ तर यसलाई संघ सरकारले अपहेल्ना गर्नु दुर्भाग्यको कुरा हो ।’

प्रदेश २ मा जानकी मन्दिर सहित हिन्दु, इस्लाम, बौद्ध, ज्रैन र शिख धर्मावलम्बीहरुका पनि थुप्रै धार्मिक स्थलहरु रहेकोले त्यसको प्रचार प्रसार र यस प्रदेशमा रहेको पर्यटन क्षेत्रलाई विकास गर्न सकिए यो प्रदेश पर्यटनहरुकालागि मुख्य आकर्षणको केन्द्र बन्ने मुख्यमन्त्री राउतले बताए ।

मुख्यमन्त्री राउतले पर्यटकिय क्षेत्रको विकासको क्रममा जानकी मन्दिरलाई आफ्नो प्राथमिक्तामा राखी जानकी मन्दिरको सौन्दर्यकरणको काम सुरु गरेको र यसै वर्ष सप्तरीको सखडा भग्वती, सिरहाको सलहेस फुलवारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडा सहितको स्थानको विकासको लागि प्रदेश सरकार छिट्टै टेन्डर गर्न लागेको बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित रहेका प्रदेशसभा सदस्य रामअशिष यादवले देश र प्रदेशको विकासको लागि पर्यटन सबैभन्दा महत्वपूर्ण रहेको बताए । उनले भने, ‘पर्यटक यहाँ रहेको प्रकृति, सांस्कृति, धर्म संस्कार हेर्न आउँछ । त्यसैले यहाको सरसफाई गर्नू पनि आवश्यक रहेको छ ।’

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here