समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । वहुविवाह मुद्दामा अपराधी ठहर भई फरार अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले प्रहरीले कभर्ट अपरेशनको माध्यमबाट एक फरार अभियुक्त क्षीरेश्वरनाथ नगरपालिका ४ का मोहम्मद अन्जारुल हकलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले बुधबार विहान करिब ८ बजेको समयमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ बाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

हक फैसला कार्यान्वयन गर्ने शिलशिलामा फरार भएकोमा उनलाई पुनः पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएको छ ।

अपराधी पक्राउ गर्ने अभियान अन्तरगत लुकिछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको हकलाई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा बुझाईएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here