समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


एसके शर्मा

महेन्द्रनगर, २६ मंसिर ।

विगत ८ वर्ष देखि सामाजिक काममा अगाडि “अशाेक वाटीका युवा क्लब”ले बुधबार एक समारोह बिच सामुदायिक भवन(दलान)को शिलान्यास गरेको छ ।

मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरमा अवस्थित क्लबले वडा कार्यालयका आर्थिक सहयोगमा क्लबकै प्रांगणमा भवन निर्माण गर्न लागेको हो । विगत लामो समय देखि पक्कि सामुदायिक भवनका लागि प्रयासरत रहेका क्लवका पदाधिकारीहरु वडा कार्यालयको आर्थिक सहयोगबाट भवन शिलान्यास हुँदा हर्सित भएका छन् ।

भवन शिलान्यास कार्यक्रमको अध्यक्षता गरेका वडाध्यक्ष रामएकवाल महतोले भने-“वडा अध्यक्षमा रुपमा निर्वाचित भएपछि सुविधा भन्दा विकासलाई प्राथमिकतामा राखेको छु, निर्वाचित भएपछि थुप्रै वडाध्यक्ष आफ्नै सुविधाका लागि विभिन्न सेवा सुविधालाई प्राथमिकतामा राखेका छन् तर मैले आफुले सुविधालाई होईन विकासलाई प्राथमिकतामा राखेको छु ।” उनी पहिले जनताका अति आवश्यक कुराहरुको परिपूर्ति गरेपछि आवश्यकता अनुसार नगरपालिकाबाट पाउने सुविधा लिने बताउँछन् । “वडाभित्र अनुगमन गर्न, जनताको घरदैलोमा पुग्न सेवा सुविधा पनि आवश्यक नै हो, अध्यक्ष महतो भन्छन्, ‘तर त्यो भन्दा ठूलो जनताका अति आवश्यक कुराहरुको परिपूर्ति हो । त्यसको परिपूर्ति भएपछि मात्र आफ्नो सेवा सुविधा जायज ठान्छु ।” 

वडा नं. ३ लाई तीव्र विकासका साथ अगाडि बढाउने उनको सोच भएको बताए । ‘म यो वडालाई विकसित तथा सुविधायुक्त वडा बनाउन चाहन्छु, सोही अनुरुप लागिरहेको पनि छु,’ महतो भन्छन्, ‘तर यससँगै जोडिएर अरु धेरै विषय पनि आउँछन् । त्यसैले तत्कालै अपेक्षित परिणाम नआए पनि आफ्नो कार्यलाई निरन्तरता दिइरहँदा एक दिन अवश्य सफल हुनेमा विश्वस्त छु ।’ अहिले पनि धेरै कुराहरु जनताबाट नै सिक्दै छु । म यस वडामा सम्पन्न व्यक्ति पनि होईन । जहाँ जनताले ममाथि औला उठाउँछ त्यहाँबाट मैले केही सिक्न पाएको छु । किनभने जहाँ विरोध हुँदैन त्यहाँ विकासको कल्पना नगरे हुन्छ । तर विरोध चाहिँ सार्थक हुनुपर्छ ।”

अध्यक्ष महतोले भने- ”आफू निर्वाचित हुनु अघि वडामा सामुदायिक विद्यालयको अवस्था निकै दयनिय र जरजर थियो । आफुँ वडा अध्यक्ष भए पश्चात् वडाको सम्पुर्ण सामुदायिक विद्यालयमा नियमित कक्षा संचालनमा आएको छ । साथै प्रत्येक विद्यालयमा कम्प्युटर कक्षा समेत संचालन गरेका छु । गरिब जेहेन्दारलाई छात्रवृति बाड्नुको साथै सरकारको तर्फबाट पाउनुपर्ने सेवासुविधा बाडेका छु ।”

महतोले वडामा चाडै नै कृषिको आधुनिकीकरणको सुरुवात गर्ने बताए । कृषिको विकासका लागि कृषकलाई लक्षित सिचाईको लागि ईनार ठाउँ-ठाउँमा खनाई खेत-खेतमा बिधुतको समेत व्यवस्था पुर्याईरहेको उनको भनाई छ । वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको र हाँल वडालाई खुल्ला दिशामुक्त घोषणा तर्फ महत्वपुर्ण भूमिका खेलिरहेको समेत उनले बताए । आफ्नो कार्यकालमा जनताले महशुस गर्नेगरी परिवर्तन ल्याउने चाहना रहेको उनले सुनाए । विकास निर्माण र समृद्धिका लागि गाउबासि र युवालाई आफुसँग मिलेर काम गर्न समेत आग्रह गरे ।

क्लबका अध्यक्ष सुदिप कुमार शर्मा उच्च शिक्षाका लागि देश बाहिर रहेकोले कार्यवाहक अध्यक्ष ईन्दल कुमार महतोले भने-“यस सामुदायिक भवनको निर्माणले गाउँमा एउटा नयाँ सन्देश दिनेछ । यसले सम्पूर्ण गाउँबासीलाई आशा जगाउने छ । यस क्लवले विगत आठ वर्ष देखि जोखिम मोलेको छ । फलस्वरुप आज भवन शिलान्यासले हामीले संकल्प लिएका काममा एक नयाँ आयाम थपिएको छ । हामीले जुन सामाजिक संकल्पका साथ क्लबका थालनी गरेका थियौँ, त्यो काम हामीले क्लबका विधान र सम्पूर्ण ग्रामबासिको मानोभावनाका साथ अगाडी बढ्नेछौ ।

क्लवका सचिव अरुण कुमार महतोका अनुसार तत्काल वडा कार्यालयबाट एक तला दलान निर्माणका लागि तिन लाख ५० हजार आर्थिक सहयोग पाएको र पछि माथि दोस्रो तलामा सुविधायुक्त मिटिंग तथा तालिम हल र तेस्रो तलामा क्लवका कार्यलय राख्ने बताए ।

नगरपालिका मेयर हरिनारायण महतोको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रमा, नेकपाका युवा नेता रामकुमार महतो, नेपाली कांग्रेसका नेता रामप्रकाश महतो, नवल किशोर महतो, अशोक कुमार ठाकुर, कमलदेव महतो, नरेश शर्मा लगायत क्लवका सम्पूर्ण पदाधिकारी, ग्रामबासी, बुद्धिजीवीहरुको मोटो उपस्थिति रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here