समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ पुस ।

जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुलाई राजपाका युवा तथा विद्यार्थी नेता प्रशान्त झाले भ्रष्टाचारबाट बाहिर आउन सुझाव दिएका छन् ।

वडा कार्यालय मार्फत भएका अधिकांश काममा रकम अनियमितता भएको पाईएको छ । वडा अध्यक्षहरुले निर्माण काम, प्रशिक्षण तथा विभिन्न सामान खरिद प्रक्रिया सार्वजानिक गर्न आग्रह गरे ।

नेता झाले भने— “भ्रष्टाचारमा नडुब्नुस्, जनताको मत लिएर जनतालाई नै सास्ती दिने काम नगर्नुस्, कमिशन नपाउँदा समम्म सर्वसाधारणले सिफारिस सम्म पाउने गरेका छ्रैन् । विसका निर्माणमा समेत वडा अध्यक्षहरु मुख खोलेरै कमिशन माग्ने गरेका छन् । यस्ता क्रियाकलाप नगर्नुस् ।”

जनकपुरका अधिकांश वडा अध्यक्षहरुको गति विधि स्थानीय तह ऐन नियममावली विरुद्ध देखिएकाले सुधार गरेर अगाडि बढ्न सुझाब दिए ।

पछिल्लो समय जनकपुरको ४ नम्बर वडाका जनताले सस्ती भोग्नु परेको बताए । उक्त वडा अध्यक्षलाई जनताले जुन उद्देश्यका लागि मत दिएका थिए । त्यसको ठिक उल्टो दुःख पाईरहेको जानकारी गराए ।

त्यति मात्र नभएर वडा अध्यक्ष नै विभिन्न अवैध काममा सक्रिय रहेको नेता झाले टिप्पणी गरे ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here