समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा, ७ पुस ।
सिरहाको मिर्चैया नगरपालिका–७ फूलवरियाको महराटोल (दलित बस्ती) मा प्रदेश सरकार पुगेको छ ।
वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बेचिएको सो दलित बस्तीमा प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झा बस्तीमा पुगेर उनीहरूको समस्या बुझी अनुगमन गरेका छन् ।


विगत ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जमीन वडाध्यक्ष रामकुमार यादवले गलत सिफारिस दिँदा बिक्री भएपछि विचल्लीमा परेका दलित बस्तीको समस्या बुझ्न प्रदेश सरकार सो बस्ती शुक्रवार पुगेका हुन् ।


प्रदेश सरकारले उनीहरूलाई मुद्दा प्रक्रियामा जान सुझाएका छन् । सो मुद्दामा प्रदेश सरकारले पहल गर्ने र मुद्दा प्रक्रिया निःशुल्क रहने प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झाले बताएका छन् ।
उनीहरूलाई कुनैपनि हालतमा न्याय दिलाउने प्रदेश सरकार प्रतिवद्ध रहने मन्त्री यादवले प्रतिबद्धता गरे । सिँगो बस्ती नै बिक्री भएको समाचार विभिन्न सञ्चार माध्यममा भाईरल भएपछि प्रदेश सरकारले चासो लिएका हुन् भने स्थानीय युवा नेता रामेश्वर यादव यसमा सघाउँदैछन् ।


उनीहरूले कयौं वर्ष पहिले चलनचल्ती दररेटमा जग्गा खरिद गरेको र जग्गा धनीलाई जग्गा पास गरिदिन पटकपटक आग्रह गरेपनि आजभोलि गर्दै पास नगरिदिएको गुनासो सुनाए ।
जग्गा धनी रामचन्द्र साहका नातीहरुले गएको मंसिर ९ गते धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ कठ्ठा जमिन बिक्री गरेका हुन् ।

उक्त दलित बस्तीमा २८ घर परिवार बसोबास गर्दै आएका छन् ।


यता, वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताउँदै आएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here