समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकट आएको बताएका छन्।

धनुषाको सबैलामा शनिबार कांग्रेसका दिवंगत नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले लोकतन्त्रमाथि संकट देखिएकोले पार्टी एकजुट हुनुको विकल्प नरहेको भने।

‘केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ, संघीयता मास्न खोजेको छ,’ देउवाले भने,’ ‘यस्तो अवस्थामा लोकतन्त्र बचाउन पनि कांग्रेस एकजुट हुनु जरुरी छ।’

कम्युनिस्ट सरकारले आयोगहरुको नियुक्तिमा एकलौटी गरेको देउवाले आरोप लगाएका छन्। उनले वर्तमान सरकारले संवैधानिक आयोगहरुलाईे शाही आयोग जस्तो बनाउन थालेको आरोप लगाए
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए।

सरकारले सबै अधिकार सिंहदरबारमा राखेर आमनागरिकको लोकतान्त्रिक अधिकार खोस्न थालेको उनको भनाइ छ।

‘मधेशी जनतालाई सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको छ,’ उनले भने।

सभालाई कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मंसुर, महेन्द्र यादव, रामकृष्ण यादवलगयातका नेताहरुले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here