समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा । काँग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान दुई तिहाईको सरकार चाइनाको जस्तै नेपालमा पनि एकदलीय शाशन लाद्न खोजेको आरोप लगाएको छ । नेता निधिले वर्तमान दुई तिहाईको ओली नेतृत्वको सरकारलाई असफल सरकारको संज्ञा दिदै भने, ’यो सरकार लोकतंत्र मास्न लागि परेका छन ।’

सिरहाको सुखीपुर ५ लडकन्हा हनुमान नगरमा पार्टी नेता कार्यकर्तालाई संबोधन गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री निधिले सिरहा सँग भावनात्मक सम्बन्ध रहेको बताए । उनले कांग्रेस लोकतन्त्रको दियो रहेको र यस दियोलाई सिरहाले जलाएर राख्नुपर्ने तर्क गरे ।

सिरहामा जिल्ला अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको कार्यकर्ता भेट घाटमा नेता निधि एक अलग प्रसंगमा बोल्दै पार्टीको अधिवेशनको तयारीको चरणमा रहेको स्पष्ट पारे ।

उपसभापति निधीले पहिलेको पार्टी संचरना र अहिलेको पार्टी संरचना स्थानीय पालिकामा समेत घटबढ़ भएको कारण पनि पार्टी संरचनामा परिवर्तन गर्नुपर्ने भएकोले अधिवेशनको लागि ढिला भएको स्पष्ट पारे ।

उनले पार्टीको केहि साथीहरु अधिवेशनको लागि हतार गरेको जिकिर गर्दै पार्टी भित्रै पनि प्रतिनिधिहरु छान्नू पर्ने भएकोले प्रणाली निर्माण गर्न समय लागेको बताए । प्रणाली निर्माण गर्न समय लागेकोले गर्दा पनि आफूहरुले पार्टीको बिधान अनुसार नै एक वर्ष बढाउन समेत आग्रह गरेको बताए ।

एक वर्षको समय थपेपछि विचमा वडादेखि नगर कमिटि सहि पार्टीको विभिन्न संरचना बनाएर अगाडी बढ्ने समेत कार्यकर्तालाई आग्रह गरे ।

राष्ट्रिय महाधिवेशनको लागि २०७७ सालमा हुनेगरी अहिले आफुहरु तयारी अवस्थामा रहेको बताए । अब आउने निर्वाचनहरुको समय पनि समय आउन लागेको जिकिर गर्दै उनले कार्यकर्तालाई तयारीमा जुट्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभाका सदस्य नरेश यादव, जिल्ला उपाध्यक्ष विष्णु यादव, जिल्ला सचिव पंचलाल महतो लगायत नेता कार्यकर्ताले सम्बोधन गरेका थिए ।

मंगलवार विहान काठमाण्डौबाट बिराटनगर हुँद सिरहा आएका निधीले धनगढ़ीमाई नगरपालिका जीरोमाइल चोकमा नेकपा आबद्ध दुई जना व्यक्तिलाई पार्टी प्रवेश गराउनुको साथै नेता कार्यकर्तालाई समेत सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here