समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । लोकगायक ललित कामत पुरस्कृत भएका छन् । देश विदेशमा गायन क्षेत्रमा चर्चा कमाईसकेका गायक कामत ‘बेस्ट सङ्गस पब्लिक अवार्ड’ र ‘जुरी अवार्ड’बाट पुरस्कत भएका छन् । नेपाल संगीत उद्योग संघले काठमाडौँमा आयोजना गरेको ‘नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा गायक कामत उक्त विधामा पुरस्कृत भएका हुन् ।

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले मधेशको दहेजको पीडा उपर लेखेका ‘जिन्दगी धुँवा धुवा’, अशोक दत्तले लेखेका ‘नारीए कोईख सँ सब जन्मैय’, ‘हाय रे हाय रे हमर पान’लगायतका दर्जनौ गितहरु गायक कामतले गाएका हुन् । उनले सोही गितहरुका लागि ‘बेस्ट सङ्गस पब्लिक अवार्ड’ र ‘जुरी अवार्ड’बाट पुरस्कत भएका हुन् ।

दर्जनौँ कलाकालहरुले गराएको नोमिनेशन पछि टप फाईभमा परेका ललित सबैलाई पछार्दै अवार्ड पाउन सफल भएका हुन् । पुरस्कृत कामतलाई सम्मान सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । करिब २ दशकभन्दा बढी समयदेखि गायन क्षेत्रमा सक्रिय कामतले यसअघि पनि देश तथा विदेशमा विभिन्न अवार्डबाट पुरस्कृत भईसकेका छन् ।

दिल्लीको गान्धर्व संगित महाविद्यालयबाट गायन विद्यामा विसारथ (ब्यचलर) गरेका कामत जनकपुरस्थित ‘अलाप संगित विद्यालय’को व्यवस्थापनक तथा प्रशिक्षक समेत रहेका छन् ।

गायक कामतको परिवारिक पृष्ठभूमि नै गायन क्षेत्र रहेको छ । उनको बुवा, हजुरबुवालगायतका पारिवारिक सदस्य पनि गायन क्षेत्रमै काम गरिरहेका छन् भने उनका कतिपय पारिवारिक सदस्यले गायन क्षेत्रमै काम गरेर आफ्नो जिवन गायनमै अन्त्य गरे ।

सुमधुर स्वर तथा गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक कामत जनकपुरस्थित बहुचर्चित नाट्य संस्था मिथिला नाट्य परिषद्को उपाध्यक्ष समेत रहेका छन् । उनी २०५२ सालमै मिथिला नाट्य परिषदका सदस्य भएका थिए । धनुषाको गाम्रिण भेग जनकनन्दनी गाउँपालिका अन्तर्गत खजुरीमा जन्मेका गायक कामत हिन्दी, भोजपुरी, नेपाली, मैथिली तथा मलियालम भाषामा दर्जनौ गितहरु गाईसकेका छन् ।

उनले विभिन्न भाषाको एलबम तथा विभिन्न भाषाको फिल्महरुमा पनि गितहरु गाईसकेका छन् । कामतले भारतको दिल्लीमा बसेर पनि हिन्दी गितहरु गाउने गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here