समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा जग्गाको कागजातको विषयमा मालपोत कर्मचारी र लेखापढी व्यवसायीबीच हात हालाहाल भएको छ ।

सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिकास्थित जग्गा सम्बन्धी कागजातको विषयमा मालपोतका खरिददार मनिष कर्ण र नेपाल लेखापढी कानुन व्यवसायी संघका केन्द्रीय सदस्य गुरुदेव यादवबीच सोमबार दिउँसो कार्यालय बन्द हुनु अगाडि हात हालाहाल भएको हो । मालपोत प्रमुख हरिनारायण चौधरीले बकसपत्र सम्बन्धी जग्गाको विषयमा खरिददार कर्ण र आफूबीच कुरा भइरहेको समयमा यादव आएर गालीगलौज गर्न थालेपछि हात हालाहाल भएको हो ।

‘गालीगलौजसँगै दुव्र्यवहार भएपछि मंगलबार बिहान कार्यालय खुल्नु अगाडि लेखापढी व्यवसायीका प्रतिनिधिसँग छलफल भएको छ’ मालपोत प्रमुख चौधरीले भने ‘दुव्र्यवहार गर्ने यादवले माफी मागेका छन् ।’ लेखापढी व्यवसायीसँग भएको छलफलको क्रममा करिब दुई घण्टा कार्यालयको कामकाज बन्द भएको थियो ।

खरिददार कर्णले विवादित जग्गा भएकाले प्रमुखसँग कुराकानी भइरहेको समयमा गालीगलौज गर्दै हात समेत हालेको बताए । ‘घटनाको विषयमा मंगलबार बिहान भएको छलफलमा ज्यान मारिदिने धम्की नै दिए’ उनले भने ‘ज्यान नै मार्ने धम्की दिएकाले असुरक्षित महसूस गरेको छु ।’

लेखापढी व्यवसायी यादवले भने प्रकृया पुर्याएर जग्गाको कागजात तयार गरी फाँटमा बुझाएपनि खरिददार कर्णले आलटाल गर्न खोजेपछि आफूले आवेशमा आएर गालीगलौज मात्र गरेको तर हात नहालेको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here