समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । विश्वव्यापी रूपमा कोरोना भाइरस (Covid19) ले तबाही मच्चाए पछि सरकारले मंगलबार देखि मुलुकलाई लकडाउन गरेको छ । मुलुकभरि यसको प्रभाव देखिए पनि जनकपुरमा यसको प्रभाव मंगलबार केही खुकुलो देखियो ।

जनकपुरमा मंगलबार लकडाउनको बाबजुद पनि ट्रयाक्टर, टिपर चलेको देखियो भने समुहमा सर्वसाधारणहरुको भीडभाड पनि देखिएको थियो ।

सरकारले समुहमा जम्मा नभइ आ-आफ्नो घरमै सुरक्षित तरिकाले बस्न आग्रह गरेपनि जनकपुरमा यसको अवज्ञा भएको देखियो । प्रहरीले सचेत गराए पनि बिना अनुमति सवारीसाधन चलाएको आरोपमा ३ सय ६९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

लकडाउन अवज्ञा गरेको र समुहमा हिडेको आरोपमा धनुषा प्रहरीले ८ जना सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएको छ ।

बुधबार देखि प्रहरी झन् कडा रूपमा प्रस्तुत हुने धनुषा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here