समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विजय कुमार सिंह

ढल्केवर ३ चैत्र ।

रेश्मा परिवारको घर निर्माण अभियानमा दारी ग्याङ्गले राहत थपेको छ । बलात्कार पश्चात हत्या गरेर जलाइएकी धनुषाको मिथिला नगरपालिका वडा नम्वर–३ हरिहरपुर मगरटोलकी रेश्मा रसाईलीको परिवारको घर बनाउने अभियानमा दारी ग्याङ्गले सहयोग गरेका छन् ।

धनुषाको ढल्केवरस्थित दारी ग्याङ्गले रेश्मा घर निर्माण अभियान अन्र्तगत शनिवार पीडित परिवारलाई नगद र घर निर्माण सामग्री सहयोग गरेका हुन् । ग्याङ्गले घर निर्माणका लागि पीडित परिवारलाई १० हजार नगद र १९ बोरा सिमेन्ट हस्तान्तरण गरेका छन् ।

घर निर्माण अभियान अन्र्तगत ढल्केवर घर भई अमेरीकामा बस्दै आएका यत्न कडारी, ढल्केवरका स्थानिय विमल भट्टराई, जनक भट्टराई, जितेन्द्र चौधरी, जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स, आश्विन ट्रेडर्स, निरु कार्की, जितेन्द्र चौधरी, अमर दास, सरोज महतो, दिनेश कुमार साह, चन्दन साह लगायतका व्यक्ति तथा विभिन्न संघसंस्थाबाट संकलन गरेको उक्त सहयोग रकम र निर्माण सामग्री दारी ग्याङ्गले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

“भजन गाउने ओठभन्दा सेवा गरिने हात पवित्र हुन्छ” भन्ने नाराकासाथ दारी ग्याङ्ग रेश्मा घर निर्माण अभियानमा जुटेका छन् । घर निर्माण कार्यमा ग्याङ्गका सदस्यहरुले श्रमदान गर्ने समेत निर्णय गरेको दारी ग्याङ्गका अगुवा देवराज घिमिरे जनाए । यस अभियानमा हामीसंग हातेमालो गरेर घर निर्माण अभियानलाई सफल बनाउन देशविदेशमा भएका साथीहरुलाई पनि ग्याङ्गका अगुवा घिमिरेले आग्रह गरे । स्थानिय युवाहरुको समुह दारी ग्याङ्गले सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

गत फाल्गुण १ गते गाउँमै विवाहमा नाच्दै गरेकी बालिका रेश्मालाई बलात्कार गरि हत्या गरेर जलाइएको अवस्थामा भोलीपल्ट गाउँदेखि करिब २ सय मिटर पर रहेको उखु बारी उनको शव फेला परेको थियो । रेश्माको हत्या हुनुभन्दा करिब एक महिना अघि उनको घर जलेको थियो ।

घर जलेर राख बनेपछि देवनारायण ९० बर्षिय दृष्टिविहिन आमा सुर्यमायालाई लिएर भाइको घरमा बस्दै आएका छन् । रेश्माका बुवा देवनारायण र उनकी ९० बर्षिया हजुर आमा सूर्यमाया रसाइलीको लागि घर निर्माण गर्न एक समिति गठन गरिएको छ । स्थानीय युवा सञ्जय कुमार कोइरालको अध्यक्षतामा सात सदस्यीय रेश्मा घर निर्माण समिति गठन गरिएको छ ।

रेश्मालाई बलात्कार गरेर हत्या गरि जलाइएको अभियोगमा धनुषाको बटेश्वर गाउँपालिका–४ बेंगारी टोलका २२ वर्षीय निरज जर्घा मगरलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, रेश्माको सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको पीडित परिवारको शंका छ । रेश्माका घटनामा उच्चस्तरीय न्यायीक छानविन समिति गठन गरेर घटनालाई अनुसन्धान गर्न पीडित परिवार र स्थानियहरुले माग गर्दै आएका छन् ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here