समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा उम्मेदवारहरुलाई आज चूनाव चिन्ह् प्रदान गरिएको छ ।

प्रदेश २ मा राष्ट्रियसभाको ४ सीटका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाली कांग्रेस र समाजवादी पार्टी गरी ४ पार्टीका आठ जना उम्मेदवारहरुले चूनाव चिन्ह् पाएका छन् । चूनाव चिन्ह् पाउनेहरुमा खुल्ला तर्फ समाजवादी पार्टीका अनिरुद्ध प्रसाद सिंह यादवले पाँच औंंला सहितको हत्केला र राजपाबाट मृगेन्द्र प्रसाद सिंह यादवले ढल्केको छाता चूनाव चिन्ह् पाएका छन् ।

त्यस्तै महिलामा नेकपाबाट तुलसा कुमारी दाहालले सूर्य र नेपाली कांग्रेसबाट नगिना यादवले रुख चुनाव चिन्ह् पाएकी हुन् भने दलितमा समाजवादी पार्टीबाट रामपृत पासवानलाई पाँच औंंला सहितको हत्केलाको चुनाव चिन्ह् दिईएको छ । यसअघि पनि पासवान सोही पार्टीबाट राष्ट्रिय सभा सदस्य थिए । उनलाई पार्टीले फेरी अवसर दिएको छ ।

नेकपाबाट दलित कोटामै राधेश्याम पासवानले सूर्य छापको चुनाव चिन्ह् पाए । अपाङ्ग तथा अल्पसंख्यकमा नेपाली कांग्रेसबाट भोला पजियारले रुख र राजपाबाट शेखर सिंहले ढल्केको छाता चुनाव चिन्ह् पाएको निर्वाचन अधिकृत कार्यालय धनुषाकी सहायक निर्वाचन अधिकृत पुष्पा झाले बताईन् ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ , नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना सदस्य छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक २ वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here