समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । राष्ट्रियसभाको प्रदेश दुईमा भएको निर्वाचनमा नेकपा राजपा गठबन्धनको अन्य उम्मेदवार तर्फ मृगेन्द्र सिंह विजयी भएका छन् । 

राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाई समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका छन् । राजपाका उम्मेदवार मृगेन्द्रले ५ हजार ४ सय मतभार ल्याएका छन् भने अनिरुद्धले ४ हजार ५ सय १२ मतभार ल्याएका छन् । 

राजपा नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा सप्तरीका मृगेन्द्रसिंह यादवलाई उम्मेदवार बनाएपछि समाजवादी पार्टीले पनि मृगेन्द्रसिंहका भाइ अनिरुद्र सिंहलाई उम्मेदवार बनाएको थियो ।

यसअघि नेकपा राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भई सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here