समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । विवाहपञ्चमीका अयोध्याबाट आएको भगवान रामको जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएका राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजा अर्चना गरेकी छिन् ।

अयोध्याबाट आएका साधुशन्तका जन्तीलाई स्वागत गर्न उनी जनकपुर आएकी छन् । पूजा अर्चना गरी राष्ट्रपति भण्डारी जन्तीलाई स्वागत गर्न बाह्रविघा जानेछन् ।

भण्डारीलाई जनकपुरका कलाकाहरुले जानकी लिला देखाउने छन्। राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here