समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १ पुस ।

राजापा निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले आइतबार जनकपुरस्थित राराब क्याम्पसका प्रमुखलाई कालोमोसो दलेका छन् ।

क्याम्पसको शैक्षिक अवस्था सुधार सहित विभिन्न माग राख्दै पटक पटक ध्यानाकर्षण गराउदै आएका विद्यार्थीहरुले क्याम्पस प्रमुख डा. विजय कुमार लाललाई कालोमोसो दलेका हुन् ।नियमित पठनपाठन सहित विभिन्न १९ बुँदे माग राख्दै पटक-पटक ध्यानाकर्षण गराएपनि क्याम्पस प्रमुख लालले चासो नदेखाएकोले बाध्य भएर कालोमोसो दलिएको संघका केन्द्रीय महासचिव रञ्जित निष्पक्षले जानकारी दिए ।

क्याम्पस प्रमुख लाललाई राष्ट्रिय विद्यार्थी संघसँग आवद्ध विद्यार्थी नेताहरुले उनको कार्यकक्षमै पुगी कालोमोसो दल्नुको साथै उनलाई करिब डेढ घण्टासम्म कार्यकक्षमै थुनेका थिए । विद्यार्थीहरुले कालोमोसो दलेपछि नाराबाजी समेत गरेका थिए ।

क्याम्पस प्रमुखलाई कालोमोसो दलेर कार्यकक्षमै थुनेपछि प्रहरीको टोेली आएर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा केहिबेर कलेजको अवस्था तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोली र विद्यार्थीहरुबीच झडपको अवस्था सिर्जना भएपनि झडप नभएको राष्ट्रिय विद्यार्थी संघ राराब ईकाई कमिटिका अध्यक्ष दिनेश यादवले बताए

।क्याम्पसमा नियमित पठन पाठन हुनुपर्ने, दक्ष प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने, क्याम्पस पूर्णतया प्रणाालीमा आउनुपर्ने, साईकल स्टैण्डको व्यवस्था हुनुपर्ने, ल्याबहरुमा कर्मचारीको व्यवस्था हुनुपर्ने, प्रयोगात्मक कक्षाहरुमा डिजिटलाईजेशन हुनपर्ने लगायतका १९ बुंदे माग राखी विद्यार्थीहरुले केहीदिने यता पटक-पटक ज्ञापन पत्र बुझाउँदै आएका थिए ।

क्याम्पस प्रमुख लालको कारण सयौँँ विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको तथा आफूहरुको आन्दोलन र मागप्रति उत्सुकता नदेखाएको भन्दै प्रमुख लाललाई कालोमोसो दलेको संघका केन्द्रीय महासचिव निष्पक्षले बताए ।

भिडियो यहाँ :

https://www.youtube.com/watch?v=sJaaMp4qhIo
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here