समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २७ मंसिर ।
‘‘खुव खाउ औ दुल्हा खुव मोटाउ औ दुल्हा अप्पन चोटकल चोटकल गालके फुलाउ औ दुल्हा’’ यस्ता गितले गुञ्जायमान थियो जानकी मन्दिर । सप्ताहवयापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज राम कलेवा विधिवत रुपमा सम्पन्न भएको छ ।
ऐतिहासिक, धार्मिक, समाजिक तथा सांस्कृतिक महत्व बोकेको सप्ताहव्यापी रामजानकी बिवाह पञ्चमी महोत्सवमा राम कलेवामा जन्तीसंगै आएका साधु सन्त तथा महन्तहरुको मिथिला भोजन तथा दान र दक्षिणा दिएपछि बिधिवत रुपमा सम्पन्न भएको हो ।
जानकी मन्दिरको प्राङ्गणमा बेहुली (दुलही) पक्षलाई बेहुला (बर) पक्षलाई भोजन गराउने चलनलाई रामकलेवा भनिन्छ ।
यस वर्ष मंसिर २१ गते देखी सुरु भएको सप्ताहव्यापी विवाहपंचमी महोत्सव आज २७ गते रामकलेवा भए सँगै समाप्त भएको सह–महन्त रामरोशन दास वैष्णले जानकारी दिए ।
राम कलेवामा मिथिलाको पहिचान झल्किने सँस्कृति गीतनाद प्रस्तुत गरी हाँस्यव्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ ।
भिडियो :
फोटो भिडियो : न्यामिक यादव/चन्द्रदेव साह