समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


घनश्याम मिश्र

जनकपुरधाम । त्रेतायुगमा राम र सीताको विवाह भएको स्थान जनकपुरको ऐतिहाशिक मनिमण्डप अहिले पर्यटकहरूको मुख्य गन्तव्य स्थलको रुपमा विकसित हुँदै गएको छ । जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकहरुको रोजाईमा सीताको विवाह भएको वास्तविक स्थान ‘मनिमंड़प’ को वेदी स्थल प्राथमिकतामा पर्ने गरेको छ ।

विवाह स्थलमा दर्शन गरे पश्चात मात्र पर्यटहरु अन्यत्र जाने गरेको छ । केहि वर्ष पूर्व मनीमण्डपको पहिचान इतिहाश र मिथिला महात्म्यमा मात्र उल्लेख थियो तर पछिल्लो समयमा स्थानियहरुको अग्रसरता र सफाई अभियानीको मेहनतनै मान्नु पर्छ सरोकारवालाको नजरमा मनिमण्डप पर्न गयो र अहिले सबैको साझा सरोकारको विषय समेत बनेको छ ।

जनकपुरधाम उपमहानगर–१३ स्थित मनिमण्डप अहिले जानकी नगरी आउने आन्तरिक र वाह्य पर्यटकहरुको अवलोकन गर्ने मुख्य स्थान बन्ने गरेको छ । उक्त स्थलमा अहिले संघीय सरकारले करोडौ खर्चेर जनक दरवार र धर्मशाला निर्माण गर्दै छ । झन्डै दुई वर्ष पूर्व २०७४ साल श्रावण महिनाको १६ गते तत्कालीन शहरी विकाश मन्त्री प्रभु साहले गुरुयोजन अनुरूप नव निर्माण कार्यकालागि शिलान्यास गरेका थिए ।

धार्मिक र आध्यात्मिक रुपमा छुट्टै महत्व बोकेको मनिमण्डप भगवान सीता र रामको विवाह सँग मात्र होइन त्रेता कालदेखीनै अयोध्या र जनकपुरको सम्बन्ध समेतले प्रस्ट गर्ने गरेको बताउँछन वडा नं.१३ निवासी ६५ वर्षीय राम अशिष दास । दासका अनुसार केहि वर्ष पूर्व सुरुका दिनमा यस स्थानको अस्तित्व नै मेटाउने हो कि डर लाग्ने गरेको जिकिर गर्दै भने, ‘अव चाहि हामी ढुक्क छौ, इतिहासमा त यो स्थानको नाम स्वर्ण अक्षरमा छदै थियो अव सरकारको नजर पनि पडेसी यो मनिमण्डप आफ्नो पहिचान बानाउँन धेरै दिन लाग्दैन । यसै स्थानमा दुइ वर्ष पूर्व पुरातत्व विभागले उत्खनन गर्दा माटोको भाँडो लगायतका महत्वपूर्ण सामग्री फेला परेपछि नेपाल सरकार अहिले मनिमण्डपलाई प्राथमिकतामा राखेर सिता वाटिका, विवाहस्थल(वेदी ) र उक्त स्थानमा रहेको ऐतिहासिक पोखरीको सौन्दर्यकरण गर्न लागेका छन् ।

मनिमण्डपको एरियामा अहिले कुनै किसिमको निर्माण र तोडफोड साथै चलाउन नपाउने गÞरी बृहतर जनकपुर क्षेत्र विकाश परिषद्ले आफ्नो सूचनाबोर्ड नै टासेको छ । बिना अनुमति कुनै प्रकारको कार्य हाल मनिमण्डपमा नगर्न गराउन निर्देशन गरिएको छ ।

सरकारले तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काठमाडांैको रवीना कन्सट्रकसनले ठेक्का पाएर ३३ करोडको लागतमा जनक दरवार र धर्मशालाको कार्य प्रगतिमा रहको छ । जनक दरवार, बेदी निर्माण र धर्माशाला बनाउँन भारतका राजस्थान र गुजरातबाट कारीगर मँगाइएको वडा अध्यक्ष शुभनारायन मंडल बताउँछन । आउने दिनमा यहाँ स्टार होटल खुल्ने र यस क्षेत्रको विकाश हुनेमा आफू विस्वस्त रहेको मंडलको तर्क छ । वार्ड अध्यक्ष मंडलले भने, ‘यो हिन्दूहरुको आस्थाको केन्द्र हो, यसको विकाश राम्ररी गर्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना प्रवल छ ।’

जनकपुरको मुजेलिया चोकबाट जम्मा २ किलोमीटर पूर्वमा रहेको मनिमण्डपको ठीक सामुने रहेको पोखरी (पैशर्नीसर) र मन्दिरको उत्तर पट्टी पातनिरीक्षण सरको सौन्दर्यकरण समेत हुने गरी योजना अगाडि बढाईएको मण्डल बताउँछन ।

प्राचीन सीताराम विवाह मनि मण्डप विकास समितिले हाल रेखदेख गर्दै आएको मनिमण्डप र राणी बाजार टोलको समेत व्यवस्थित गर्ने गÞरी कार्य गर्दा समग्र क्षेत्रको विकाशमा टेवा पुग्ने स्थानियको विस्वास रहेको छ ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here