समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ४ फागुन ।

जनकपुरधाम परिक्रमा सडक स्थित बाल्मिकी नगरमा रहेको सत्यकबिर बालवात्सल्य अनाथ श्रममा रामरतन स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । जनकपुरधामको वडा नं. ८ स्थित ११ बालबालिका रहेको सो आश्रम अवलोकन तथा भ्रमणको क्रममा पुगेका रामरतन स्मृति प्रतिष्ठानका अध्यक्ष अरविन्द महतोले सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

कुनैपनि दातृ निकायको सहयोग बिना समाजसेवी सत्यनारायण आलोकले स्थापना तथा संरक्षकत्व प्रदान गरेको कविर बालवात्सल्य अनाथ आश्रममा प्रतिष्ठानका अध्यक्ष महतोसंगै पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र धनुषाका प्रहरी प्रमुख शेखर अनालले छोटो अन्तरक्रिया गरेका थिए ।

सोही क्रममा आश्रमद्वारा संचालित क्रियाकलाप र गतिविधिको अवलोकनका साथै वालवालिकाहरुको अवस्था तथा भौतिक अवस्थाको बारेमा जिज्ञासा राखेका थिए । अवलोकन भ्रमणका क्रममा सहभागिहरुले सत्यनारायण आलोकको त्याग र सेवाको प्रशंश गर्दै आफ्नो तर्फबाट कबिर अनाथ आश्रमलाई सक्दो सहयोग गर्ने बताएका थिए ।

अप्ठ्यारोमा परेका बालबालिकाहरुको भविष्यलाई सार्थक बनाउने कार्यमा आफ्नो तर्फबाट हुन सक्ने जति सहयोग जुटाउने रामरतन स्मृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष अरविन्द महतोले प्रतिबद्धता जनाएका थिए । संस्थापक आलोकले बालबालिकाहरुको लागि गरेको त्याग र सेवाको भावनालाई निक्कै प्रशंसनीय योग्य काम भएको बताउदै धन्यवाद समेत ज्ञापन गरे ।

सत्यकबिर बालवात्सल्य अनाथ आश्रम सामाजिक सेवाको असाध्यै राम्रो उदाहरण प्रस्तुत भएको उल्लेख गर्दै समाजमा रहेका यस्ता बालबालिकाहरुको उज्वल भविश्यका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

आश्रममा ११ जना अनाथ बालबालिकाहरुको हेरविचार तथा पालनपोषण गर्दै आएका छन् । सोही अवसरमा स्मृति प्रतिष्ठानको तर्फबाट खाद्यान्न सामग्री चामल, दाल, तेल, शैक्षिक तथा खेलकुदका सामग्रीहरु र स्टेशनरीका सामग्रीहरु वितरण गरेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here