समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । एस. राज प्रोडक्सनको आयोजनामा आउँदो मँसिर २१ गते जनकपुरमा हुन लागेको प्रादेशिक संगीत यात्रामा भोजपुरी सिने जगतकी प्रसिद्ध नायिका रानी चटर्जी जनकपुर आउने भएकी छन् ।

मंसिर २१ गते जनकपुरधामको तिरहुतिया गाछी मैदानमा आयोजना गरिएको प्रादेशिक संगीत यात्रामा रानी चटर्जी सहित नेपालको दिग्गज कलाकारहरु समेत आफ्नो प्रस्तुति दिने एस.राज प्रोडक्सनका प्रबन्धक निर्देशक सँतोष राज सहनीले जानकारी दिएका छन् । मंसिर १४ गते हुने भनिएको संगीत यात्रा चुनावी माहौलको कारण अब मँसिर २१ गते शनिबार हुने जानकारी पत्रकार सम्मेलन मार्फत दिइएको हो ।

भारत फिल्म र टिभी टुडेको एशोसिएनमा हुन लागेको प्रादेशिक सँगीत यात्रामा वलिउडका विभिन्न गायकहरुसंग नेपाली तथा भोजपुरी गीत गाएर आफ्नो पहिचान बनाउन सफल गायिका सेलिना कुवर, सहित हिन्दी, भोजपुरी मैथिलीका चर्चित कलाकारहरुको लाईभ कन्सर्ट हुने जनाइएको छ । जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको सो लाईभ कन्सर्टको लागि प्रति व्यक्ति २ सय ५० रुपैयाँ टिकटको दर तोकिएको हो । साँगीतिक यात्रामा संगीतकार सन्तोष राज ,कलाकार भरत शाह ,कमेडी कलाकार पूजा जनकपुबाली , पूजा ठाकुर , सन्नु कुमार ,बिजय निर्बिज लगायत स्थानीय कलाकारहरुले समेत कला प्रस्तुत गर्दै दर्शकलाई झुमाउने भएको छ ।

मंसिर २१ गते दिउँसो १ बजेदेखि हुने कार्यक्रम अव्लोकनको लागि टिकट लिएर मात्र प्रवेश गर्न सकिने आयोजकले जनाएको छ । टिकटको दर २५० रुपैयाँ नेपाली तोकिएको हो । टिकटको लागि रमेश महतोसँग + 977 984462848 , 9844088448 नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here