समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभाको उम्मेदवार टुंग्याएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तालमेलको सहमति गरेको राजपाले माघ ७ गते राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कार्यालय सचिव रञ्जित झाले जानकारी दिनुभयो ।

माघ ७ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले यसअघि उम्मेदवार तोकिसकेको छ । अन्य दलले पनि उम्मेदवार तोक्ने तरखर गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here