समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।
राजपा निकट विधार्थी संगठनले काठमाडौं स्थित राजपको पार्टी कार्यालयमा बिहिवार तालाबन्दी गर्दै रिले अनशन सुरु गरेका छन् ।

उनीहरुले राष्ट्रिय विद्यार्थी संघमा रहेको अध्यक्ष मण्डलीयन्त्र खारेज गरि एकल नेतृत्वको स्थापना, संघको मानमर्यादा र अस्तित्व सिध्याउन लागिपरेको अराजक तत्वहरूलाई कारवाही, संघमा योगदानको कदर गरिदै टिकापर्थीको अन्त्य, सर्वमान्य हुने वातावरण निर्माण, क्याम्पस इकाई कमिटीहरूमा देखिएको विवादहरूलाई यथासिघ्र समाधान गर्न तालाबन्दी सहित रिले अनशन थालेको विद्यार्थीले नेता समर साहले बताएका छन् ।

आन्दोलनकारी विद्यार्थीहरुले मूल ढोकामा ताला लगाएपछि राष्ट्रिय सभा सदस्य निर्वाचन लगायत पार्टीको दैनिक काममा अवरोध सिर्जना भएको छ । तालाबन्दीसँगै अनशन शुरु भएपछि राजपा संघीय कार्यालयमा नेताहरु जान सकेका छैनन् । उनीहरुले बुधबार समेत दिनभर कार्यालय परिसरमा टायर बालेर नारा जुलुस गरेका थिए ।

आन्दोलनकारी विद्यार्थीहरुले बिहिवार र शुक्रवार दुई घण्टा र शनिबार तीन घण्टा रिले अनशन जारी रहने विद्यार्थी नेता सुमन यादवले बताएका छन् ।

पार्टीको अध्यक्ष मण्डलले राष्ट्रिय विद्यार्थी संघलाई अनिर्णयको बन्धिमा घेरिएको आरोप समेत आन्दोलनरत विद्यार्थीहरुले लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here