समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सिरहा, २७ पुस ।
सिरहाको गोलबजार नगरपालिकास्थित माँ धमिनी राइस मिलमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।
नगरपालिका ४ मा अवस्थित राइस मिलको ड्रायल मेशिनमा धान सुकाउने क्रममा आगलागी हुँदा मिलमा रहेको धान र मेशिन जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
आगलाजी शुक्रबार बिहान ५ बजेतिर भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल, स्थानीयबासी र दमकलको सहयोगमा १ घण्टापछी आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।