समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


आफ्नै देशमा राम्रो शिक्षा दीक्षा पाउनुपर्ने सबैको इच्छा रुप चाहना हुन्छन् । तर सबैको इच्छा र चाहना भएपनि विदेश गएर उच्च शिक्षा आर्जन गर्नुपर्ने अहिलेको युवापुस्ताको बाध्यता बनेको छ ।

पछिल्लो समय वर्षेनी हजारौं युवा विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि देश छाड्नुपरिरहेको छ । उनीहरुलाइ आफ्नै देशमा बसेर उच्च शिक्षा आर्जन इच्छा नभएको भने होइन । आफू जन्मेको मुलुक प्रति माया, सद्भाव र प्रेम रहेपनि बाध्यता उनीहरु विदेशिनु परेको छ । जसको प्रमुख कारण मध्ये एक हो आफ्नो देशमा उच्च शिक्षा अध्ययनका लागि पर्याप्त मात्रामा शिक्षण संस्थाको कमी हुनु । केही मात्रामा भएपनि सबैले मौका पाउदैन । अर्थात् सबैको सहज पहुँच त्यहाँसम्म हुदैन ।

आफ्नो घरपरिवार त्यागी अरुको देशमा गएर कठोरता साथ पढाई गर्ने रहर सायदै कसैलाई हुदैन । तर देश भित्र नै मौका पाउने सम्भावना न्यून भएकोले पछिल्लो समय युवा विद्यार्थीहरुको बाध्यता बनेको छ यो । हजारौं बाध्यता, पारिवारिक जिम्मेवारी, देशमा रोजगारीको अवसर न्यून, राजनीतिक अस्थिरता आदि इत्यादि विभिन्न कारणले वाक्क भएर विधार्थी अन्ततः बिदेशीन बाध्य छन् ।

विदेशिएका नेपालीहरू विद्यार्थीहरुले पनि नेपाल छाड्नु अघि सोचे जस्तो कहाँ छ र विदेश । प्रायः नेपालीको आर्थिक स्तर न्यून नै छ । पैसा भएर विदेश जाने रहर सायदै कसैलाई हुदैन । साहुसँग ऋृण लिएर चर्को ब्याजको भार भोक्दै नेपालको कन्सल्टेन्सी मार्फत विदेश पढ्न जानू पर्ने बाध्यता छ नेपाली विद्यार्थीको ।

विदेशको अनौठो सामाजिक रहनसहन, त्यहाँको भाषा बोल्न बुझ्नमा कठिनाइ, दक्षताको कमि, नेपालमा रहदा सोचिएको कल्पित विदेश भन्दा फरक देखिएको विदेशमा भिज्नमा कठिनाइलगायतका थुप्रै चुनौतीको सामना गर्न पनि विवश छन् लाखौं नेपाली विधार्थीहरुले ।

नेपालको कन्सल्टेन्सी व्यवसायीहरु र नेपाली विधार्थीहरुबीच नेपालमा जुन लेनदेनको सम्झौता हुन्छ त्यो भन्दा भिन्न खर्च, ब्ल्याक लिस्ट कलेजमा भर्ना गराईदिने र तोकिएको भन्दा बढी कलेजको शुल्क भएकोले पनि लाखौं विद्यार्थी ठगिएका छन् । प्राय नेपाली विद्यार्थीहरुले वैदेशिक शिक्षाका शिलशिलामा बंगलादेश, भारत, चिन, पाकिस्तानलगायत अन्य देशहरूमा न्यून स्तरको शिक्षा लिनु बाध्य छन् ।

हजारौं सपना मनभित्र सजाएर निश्चित समय भित्र अध्ययन सकाएर आफ्नै देशमा केहि गर्छु र कमाएको पैसाले आफ्नो परिवार धान्छु, कुनैदिन तिनै परिवारसँग सुखको साथ सधैको लागि रहने छु भन्ने वाचा, अपेक्षा र सपना सहित विदेश पढ्न पुगेको व्यक्तिको केवल एउटा सपना झैँ हुन्छ यो कस्तो विवशता??? “व्यवसायीक र व्यवहारिक शिक्षाको अभाव, राजनीतिक अस्थिरता, राज्यको कमजोर नीति, भौतिक विकास निमार्णको योजना र काम न्यून आदि प्रमुख कारण नै हो मुलुकमा शिक्षा र रोजगारीको वाताबरण सिर्जना नहुनु ।”

मुलुक भित्र व्यवस्थित शिक्षा उपलब्ध नभएर विदेशी भुमि रोज्ने नेपालीहरुको निमित्त नेपाल सरकारले उल्लेखिय कदम चालेको पाइदैन । सम्बन्धित देशको सरकार तथा शिक्षा प्रायोजन निकायसँग विदेशमा रहेका आफ्ना विधार्थीको सुरक्षा, कलेजको फि-स्ट्रक्चर , ब्ल्याक लिस्टेड कलेजको सवालमा आवश्यक परामर्श लिएको पटक्कै पाइन्न नेपाल सरकार अथवा राजदुतावासले । संसारको जुनैसुकै कुनामा रहेपनि आफ्नो नागरिकलाई अप्ठ्यारो परेको बखत वा उद्दारको आवश्यकता परे सबैभन्दा पहिलो जिम्मेवारी निकाय नेपाल सरकार हो । विदेशमा रहेको नेपालीहरुकै निमित्त प्राय जसो धेरै देशमा कुटनैतिक नियोग अर्थात् नेपालीको राजदुतावास स्थापित छन् । तर धेरै नेपालीको गुनासो रहने गर्छ र सत्य पनि हो विदेशमा रहेको सबै नेपालीहरुको सहयोगी बन्न सकेको सम्म छैन सम्बन्धित देशमा रहेको नेपाली राजदुतावास या भनौ त्यहाँको कर्मचारी ।

यस्तो भयावह स्थिति कहिले सम्म? सम्बन्धित निकायले यसबारेमा सोच्ने कहिले हो? अर्काको देशमा पढ्न जाने रहरले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा लाम लाग्नु नपर्ने दिन आउने कहिले हो? पश्न केवल प्रश्नमा नै सिमित छ, सम्बन्धि निकाय मौन छ तर ननिदाईकन निदाएको जस्तो गर्दै छ जति घचघचाए पनि व्यर्थ छ ।

वैदेशिक शिक्षा पनि आफैंमा नराम्रो पक्ष पक्कै छैन । मुलुक भित्र व्यवस्थित शिक्षा नपाएको बखत बिदेशमा नै भएपनि जेजस्तो शिक्षा पाए पनि देश, ब्यक्ति र परिवार सबैलाई थोरबहुत चिन्ताले सताएको नै रहन्छ । सबैभन्दा उपयुक्त त नेपालीहरुको लागि स्वदेशमा नै शिक्षाको अवसर सिर्जना गरियोस् जुन त्यस बाहेक विदेश गएर पनि सकारात्मक शिक्षा हासिल गर्न पाउने ग्यारेन्टी पनि नेपाल सरकारले नै गर्नुपर्छ । सरकारले पहिले वैदेशिक शिक्षामा जान चाहाने नेपाली विधार्थीका निमित्त निम्न देशहरु संग समन्वय गरियोस् ।

-(लेखक शर्मा हाल उच्च शिक्षाको शिलशिलामा बंगलादेशमा छन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here