समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने धनुषा महेन्द्रनगरस्थित एक होटेल संचालक सहित एक जोडी पक्राउ परेका छन । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित पेपरमिल रोडमा सञ्चालित सुविधा गेष्ट हाउसबाट शनिबार राति करिब ८ बजे एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

होटेलको रुमभित्र अनैैतिक सम्बन्ध राखिरहेकै अवस्थामा उक्त जोडीलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने उक्त सुविधा गेष्ट हाउसकी संचालिका क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बस्ने २६ वर्षीया रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र पक्राउ परेकाहरुलाई मानव वेचविखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुदा चलाईने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here