समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । वैदेशिक रोजगारीका क्रममा मृत्यू भएका एक परिवारलाई जनकपुरका एक बीमा कम्पनीले मृत्यू दाबी वापतको क्षतिपूर्ति भुक्तानी दिएको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक परिवारलाई १४ लाख रुपैँया क्षतिपूर्ति तिरेको छ ।

कम्पनीले धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. २५ लोहना निवासी मोहम्म्द अताउर रहमानकी श्रीमती कुरेशा खतुनलाई मृत्यू दाबी भुक्रानी वापतको १४ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ । मृतक रहमान सात महिनाअघि मात्र वैदेशिक रोजागारीका क्रममा ओमान पुगेका थिए । ओमानमा डयूटी सकेर कोठामा सुतेका रहमान भोलीपल्ट मृत अवस्थामा फेला परेका थिए ।

मृतक रकमानको परिवारजनले उक्त बीमा कम्पनीको कार्यालयमा कागजात पेश गरेको दुई दिनमै बीमा कम्पनीले सो रकम बराबरको चेक उपलब्ध गराएको हो । शुक्रबार लोशनामा एक कार्यत्रमको आयोजना गरि यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जनकपुरका शाखा प्रमुख संजिव साह तथा कम्पनीका प्रदेश नं. २ का क्षेत्रीय प्रमुख सुनिल चापागाईले सो चेक हस्तान्तरण गरेका हुन् ।

मृतक रहमानको परिवार समेतको उपस्थिति रहेको कार्यक्रममा शाखा प्रमुख साहले बीमा झन्झिटिलो रहेको भन्नेहरुको लागि यो उदाहरणीय रहेको बताए । ‘बीमा जोखिम बहनकै लागि हो र यदि केही कारणवश दुघर्टना वा सामान्य तवरले विमितको मृत्यू वा अंगभंग हुन्छ भन्ने पीडित परिवारले साधारण तरिकाले नै बीमा कम्पनीबाट पाउने अधिकार उसले लियो भन्ने हाम्रो चाहना हुन्छ’ उनले भने,–‘कसनै पनि पीडित परिवार दुई पटक कार्यालय आउनपर्ने अवस्था सृजना नहोस् भन्ने हाम्रो चाहना छ ।’

मृतक रहमानको एक श्रीमती र ७ महिनाको दुधे छोरी, तीन वर्षको छोरी र ६ वर्षको छोरा गरि तीन सन्तान रहेका छन् । अत्यन्तै गरिब परिवारका मृतक रहमानको ती दाजुभाईको परिवारमा प्रत्येकको फाँटमा एकधुर जग्गा मात्र रहेको र त्यसमै घर बनाई उनका परिवारले गुजारा चलाईरहेका छन् ।

मृतक हरमानकी पत्नी कुरेशा खातुनले बीमाप्रतिको विश्वासको कारण प्रत्येक बच्चाको नाममा ÷ लाखका दरले २४ लाखको बीमा समेत गराएकी छिन् । ‘मेरो जिन्दगी उजाड भयो, बीमाको क्षतिपूर्ति वापत पाएको रकमले अब धान्नुपर्ने भयो’ उनले भनिन्,–‘बच्चाहरुको शिक्षादीक्षा तथा हेरचार गर्नुपर्ने भयो, बजारमा सुनेको जस्तो भुक्तानी पाउन झनझट नहुने भएकोले बीमा गराएकी छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here