समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बारा । समाजवादी–यूवा संघ बाराले समाजवादी युवा स्वरोजगार कोष स्थापना गरेको छ ।

शनिबारका बाराको कलैयामा समाजवादी यूवा संघका केन्द्रिय सदस्य तथा प्रदेश नं २ मधेश प्रदेश यूवा समितिका मुख्य सचिव ओम यादव (मनिष) को अध्यक्षतामा बसेको जिल्ला यूवा बैठकले कोषको स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकमा समाजवादी यूवा संघ, जिल्ला बाराको यूवा समितिको समायोजन तथा पुर्नगठन गर्न आउँदो फागुन ३ गते शनिबार कलैयामा भव्य यूवा भेला गर्ने, समाजवादी यूवा संघमा आवद्ध युवाहरूको आर्थिक व्यवस्थापन तथा स्वरोजगारका लागि “समाजवादी यूवा स्वरोजगार कोष” स्थापना गर्ने र त्यसका लागि ७ सदस्य “समाजवादी यूवा स्वरोजगार कोष समिति” पनि गठन गरिएको छ ।

कोष समिति, समाजवादी यूवा संघका केन्द्रीय सदस्य तथा प्रदेश नं २ का मुख्यसचिव ओम यादव (मनिष) को संयोजकत्वमा गठित समितिमा प्रदेश यूवा समितिका उपाध्यक्ष विनोद यादव, प्रदेश यूवा सदस्य रूपक पटेल, सुजित पाण्डे, जिल्ला यूवा सदस्य तथा कलैया नगर यूवा अध्यक्ष संजय केशरी, जिल्ला यूवा सदस्य कृष्णबाबु चौधरी र नगर यूवा सदस्य जितेन्द्र कर्ण सहित ७ सदस्य रहेका छन् ।

समितिले कोष स्थापना गर्न फागुन ३ गतेसम्म सबै नियम, नीति, मापदण्ड, अवधारणा, विधान तथा प्रकृया निर्माण गरि फागुन ३ गतेको कार्यक्रममा प्रस्तुत गरि विधिवत रूपले सञ्चालन गर्न÷गराउने काम र कोषमा लगानी संकलन सुरू गर्नेछ ।

कोषमा संकलन गरिएको रकमले उत्पादनमुलक कार्यमा लगानी गरि आम्दानी गरिने तथा रोजगार सृजना गर्दै संघमा लागेका यूवाको योग्यता, क्षमता अनुरूप रोजगार प्रदान गरिने छ तथा कोषले गरेको आम्दानी सबैमा लगानी अनुरूप सबै लगानीकर्तालाई प्रदान गरिने मुख्य सचिव यादवले बताए । कोषले आम्दानी गरेको कुल नाफाबाट ५५ रकम बाट १५ जिल्लाको सहिद परिवारलाई, १५ पुर्ण रूपले घाइते ब्यक्तिलाई, तथा बाँकी ३५ संघ मार्फत समाजिक कार्य, प्रशिक्षण तथा तालिम प्रदान गर्ने पनि उनले जानकारी दिए ।

मुख्य सचिवले अबका यूवाहरूले देशको आर्थिक परर्निर्भताप्रति सोच्नु पर्ने र सबै एक भई देशलाई आत्मनिर्भर बनाउनमा अग्रसर हुनुपर्ने बताए ।

उनले देशको भविष्य बनाउनका लागि युवाहरुले आफ्नो जीवनको कम्तिमा २ वर्ष राष्ट्र तथा समाज विकासमा योगदान गर्नु पर्ने युवा स्वरोजगार कोषले आर्थिक क्रान्तिको एक मार्ग निर्माण गर्न लागेको औल्याए ।

उनले देशलाई आत्मनिर्भर बनाउने अभियानका साथ अभियानलाई देशको ७७ जिल्ला सम्म पुर्याउने लक्ष्य लिइएको पनि प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here