समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । स्वास्थ्यमा सर्वव्यापी पहुँच अर्थात युनिभर्सल हेल्थ कभरेज बारे प्रदेशमा बहस सुरु भएको छ । प्रदेश २ को राजधानी जनकपुरधामबाट युनिभर्सल कभरेज दिवसको अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको उच्च स्तरीय बहुक्षेत्रीय बृहत नीतिगत बहस सुरु भएको हो ।

स्वास्थ्यमा सबैको पहुँच बढाउन भोर नामक संस्थाले प्रदेशलाई सशतm बनाउन बहुक्षेत्रीय सरोकारवाला निकायको सहभागितामा बहस भएको हो । संघीय सरकारले राष्ट्रिय स्तरमा राजनीतिक प्रतिबद्धता तथा नीतिगत सम्बोधन गरे पनि प्रदेश र स्थानीय तहमा शासन संचालन भएपनि युनिभर्सल हेल्थले कभरेज प्रवेश पाएको छैन ।

यसै विषयमा प्रदेश स्तरीय राजनीतिक प्रतिबद्धता, नीतिगत तथा योजना स्तरमा सम्बोधन नगरीकनै प्रदेशमा स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त नसकिने भएकोले बहस सुरु गरिएको भोरका अध्यक्ष राज कुमार महतोले बताए । सामाजिक अभियन्ता प्रकाश थारु, विश्व स्वास्थ्य संगठन प्रदेश २ का प्रादेशिक स्वास्थ्य अधिकृत रमेश यादव, सामाजिक विकास मन्त्रालयका डा. नवल किशोर झा, यूएनएफपिए प्रदेश २ प्रमुख डा. नरेन्द्र मिश्र, जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्द किशोर साह, युनिसेफ प्रदेश २ का स्वास्थ्य अधिकृत बेकी प्रसाई, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिकुं गायत्री मिश्रको संयुक्त सहभागितामा बहस गरिएको छ ।

देशमा तीन तहको सरकार भएपनि स्वास्थ्यमा सबैको सहज पहुँच नभएको, गरिब जनतालाई उपचार अभावमा ज्यान गुमाउनु परेको भन्दै यसलाई न्युनिकरण गर्ने र समस्यामाथि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्द किशोर साहले प्रेदशमा उत्पादन भइरहेको चिकित्सकहरु पर्याप्त भएपनि विभिन्न कारणले मेडिकल पेशामा टिक्न नसकेको र गुणस्तरीय सेवा दिन नसकेको औल्याए । सरकारले रोजगारीको उचित व्यवस्था नगर्दा स्वास्थ्य क्षेत्रका अधिकांश जनशक्ति विदेश तिर र अन्य क्षेत्रमा पलायन भइरहेको उनले बताए ।

यस्तै, स्वास्थ्यमा पत्रकारको भुमिकाको विषयमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्री मिश्रले चर्चा गरेकी थिइन । सरोकारवाला निकायले पत्रकारलाई सुचना उपलब्ध नगराउँदा चाहेजती स्वास्थ्य विषयको समाचार सम्प्रेशन नभएको उनले औल्याइन् । पत्रकारले आफनो काम सदैव गरिरहेको दावी गर्दै कार्यान्वयन इकाई कमजोर रहेको उनको आरोप थियो । अबको दिनमा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाई, निर्माण कार्य, आर्थिक उन्नती लगायत विभिन्न क्षेत्रहरु एकीकृत रुपमा सहकार्य गरेर अगाडी बढे मात्रस्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न सकिने युएनएफपीएका डा. नरेन्द्र मिश्रले बताए ।

साथै, प्रदेश २ का स्थानीय तहका सरकार प्रमुख तथा प्रदेश सांसद, राजनितिक दल, शैक्षिक संस्था, संचारकर्मी, सहयोगी निकाय नागरिक समाज गरी अन्य बहुक्षेत्रीय सरोकारवालाहरु माझ अझै बिस्तृत रुपमा संचालन गरिने योजना रहेको जानकारी भोरकै कोषाध्यक्ष पचुलाल माझीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here