समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । युग तेज गतिले अगाडी बढ्दै गईरहेको छ । र जसरी तेज गतिले युग बढिरहेको छ त्यसरी नै बढिरहेको छ मानव प्राणीको आवश्यकता । मानवप्रणालीको आवश्यकता मात्र गाँस बास र कपासमा सीमित हो भन्नू अहिलेको युगमा सायद गलत होला ।

तिक आवश्यकता पूर्ति गर्नकै लागि हामीसँग अब समयको अभाव भएको छ । आवश्यकता पुर्तिको लागी प्रयोग गरिएको विद्युतीय कारोबार, टेलिफोनको बील, विद्युतको महसुल, बजारीकरण गर्ने, लुगाफाटा किन्ने, किरानाको सामान ल्याउने, भाडा तिर्नुपर्ने बेला बैंकबाट पैसा ल्याउन समेत समयको अभाव देखिन्छ । बैंक ब्यालेन्स हुँदा हुँदैपनि समय अभावले आजको काम भोली सार्नुपर्ने बाध्यता छ । यस्तोमा कुनै यस्तो कल्पना हामी गर्न थाल्छौ जसले हाम्रो काम सहज तथा छिटो छरितो होस र त्यो कल्पना यथार्थमा लागु होस भन्ने सोचकै कारण आजको युग डिजिटलाईजेशनमा परिणत भएको छ । बैंकबाट पैसा निकाल्न एटिएमको प्रयोग, विभिन्न बिल आदि तिर्न अनलाइनको बाटो रोज्छौँ ।

यस्तो आधुनिक यूगमा हरेक थोक डिजिटल र स्मार्ट भएको बेला हामीले हेर्ने टि.भी., फोन लगायत सबै स्मार्ट भएको छ । यस्तोमा हामी बस्ने ठाँउ सहर पनि स्मार्ट सिटीको रुपमा चिनियोस भनि परिकल्पना कस्तो होला त ? कस्तो होला त चिया खादा अथवा तरकारी किन्न जादा गोजीमा पैसा बोक्नुपर्ने झन्झट नै नहोस् ? रुपैया पैसा खुल्ला नहुने जस्ता समस्या हुने टेन्सनै हुन्थेन भन्ने सोचेर नै कस्तो कस्तो कुरा मनमा खेल्न थाल्छ ।

स्तवमा कस्तोे होला त ? र खेल्न थाल्छ एउटा स्मार्ट दुनियासँगै कदममा कदम मिलाई बढ्न आफ्नो शहर पनि स्मार्ट दुनियाँ र ‘क्यासलेस शहर’को सपना ।

याे पनि : ‘क्यासलेस’ शहरको परिकल्पना र जनकपुर !

तर यो एकदमै जटिल छ । यसको सुरुवात कसरी कहाँबाट गर्ने भने अन्यौल्ता देखिन्छ । किनकी यो परिकल्पना गर्नु नै हाम्रो लागी जटिलताको विषय हो । विकासोन्मुख देश नेपालमा सबै ठाउँमा इन्टरनेट पुर्‍याउनै गाह्रो छ । यस्तोमा हाम्रो शहर जनकपुरधामलाई स्मार्ट सिटी तथा ‘क्यासलेस’ बनाउने कल्पना कसैलाई सुनाउन वा सपना साकार गर्नु घाँसको खेतमा सियो खोज्नु जस्तै हो । तरपनि भनिन्छ सपना सानो हुँदैन भने अन्तरआत्माले चाह्यो भने जुनसुकै कुरा गर्न सम्भव छ, त्यसैले सम्भव छ, जनकपुरलाई ‘क्यासलेस शहर’ बनाउन । असम्भव छैन तर सजिलो पनि छैन । तर पनि तत्कालै गर्नसकिने कुराहरु यस्ता छन् ।

– इन्टरनेट सेवाको विकास गर्ने ।

– प्रत्येक घरपरिवारको इमेल ठेगाना तयार गर्नुका साथै डाटा केन्द्र स्थापनाका कार्य अगाडि बढाउने ।

– सडक बत्ती, ट्राफिक चिह्न, सिसी टिभिको व्यवस्था गर्ने ।

– लामो दूरीका बसको अनलाइन टिकेटिङको व्यवस्था, विद्युतीय सवारी साधनको प्रर्वद्घन ।

– नगरपालिकाको छरितो वेभसाइट निर्माण गरी नागरिकलाई आवश्यक जानकारी, नक्सा पास लगायतका कार्य अनलाइन मार्फत सम्पन्न गर्ने, यसो गर्दा नागरिक र कर्मचारी बीच दोहोरो संवाद नहुने हुँदा भष्ट्राचार न्युनीकरण हुनुका साथै सेवा समेत चुस्त र दुरुस्त हुनेछ ।

– एकीकृत सम्पति कर, घर वहाल कर, बिजुली, टेलिफोन, पानीको बिल मोबाइल फोनबाटै तिर्ने व्यवस्था र कुनै गुनासो भए मोबाइलबाटै टिपाउने व्यवस्था गर्नुका साथै सहरलाई क्यासलेस बनाउने आदि ।

वास्तवमा स्मार्ट सिटीको निर्माणमा यहाँ सबैथोक अनलाइन र प्रविधिको कुरा हुँदा सहरलाई क्यासलेस बनाउनु पनि अत्यन्त आवश्यक देखिन्छ । परिवर्तनको क्रम अझ अगाडी बढ्दै गर्दा कार्डलाई पनि मोबाइल मार्फत भुक्तानी गर्ने विभिन्न देशहरुमा त क्यासलेश बनाउने अवधारणा शुरु भएको छ । भुक्तानी प्रणालीमा कार्यरत केही नेपाली कम्पनीले पनि अब यस अवधारणालाई व्यापकता दिने तयारी गरेका छन् । स्मार्ट शहर बनाउनमा क्यासलेश हुनु पनि एकदमै महत्व राख्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here