समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको घटस्थलमै मृत्यु भएको छ ।

मंगलबार(आज) दिउँसो जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत लक्ष्मिनिया र सपहीको बीचमा जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले ठक्कर दिँदा मंगलबार दिउँसो दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरतर्फ गइरहेको ज१क २८३ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा चालक क्षीरेश्वरनाथ नगरपालिका ३ पकडियाको बिल्टु ठाकुरको छोरा बर्ष १८ को संतोष ठाकुर र मोटरसाइकलमा सबार सोही ठाउँका अकबर राइनको छोरा बर्ष १९ को मुबारक राईनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ठक्कर पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।