समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । लेखक तथा साहित्यकार अशोक दत्तले लेखेको लघु फिल्म ‘भुख’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

फिल्ममा अहिले विश्वभर कोरोना भाइरसको महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनको समयमा दाताहरुले गरिबलाई न्यून मात्रामा राहत दिने र फोटो प्रदर्शनी गर्ने गरेको भाव समेटिएको छ । उक्त लघु फिल्मको छायांकन धनुषाको सिनुरजोडा गाउँमा गरिएको छ ।

यहाँ भिडियो हेर्नुहोस्

यो लघु फिल्ममा गायक संजय यादवको निर्देशन तथा सम्पादन छ । यस्तै फिल्ममा राम विलाश यादव, सुमित यादव, चान्दनी यादव, अमन यादव, युवराज यादवले अभिनय गरेका छन् । फिल्ममा पाश्र्व संगित पनि संजय यादवकै रहेको छ ।

माई म्युजिक रेकर्डिङ्ग स्टुडियोले तयार पारेको यो फिल्ममा निरज यादव र धिरज यादवले पनि सहयोग गरेका छन् ।

गरिब असहायलाई सहयोग गर्नु यो फिल्मको मुख्य उदेश्य तथा सन्देश रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here