समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । तराई मधेसमा करिब तीन हप्तादेखि शितलहरले जनजीवन प्रभावित भएको छ । पहिले बाक्लो हुस्सु लागे पनि केही दिनयता भने चिसो हावासंगै चलेको शितलहरले धनुषाको हँसपुर नगरपालिकामा रहेको गरिब, दलित, विपन्न तथा जेष्ठ नागरिकहरुको जीवन कष्टकर बन्दै गएको छ । नगरपालिका भित्रका नगरवासीहरुको जीवन जाडोले कष्टकर बन्दै गएपछि जिल्लाका हँसपुर नगरपालिकाले नगरभित्रका विभिन्न वडामा जाडोबाट बच्न न्यानो कपडा सहित विभिन्न सामग्री बाड्न थालेका छन् ।

हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले जाडोबाट प्रभावितहरुलाई जाडोबाट बच्न न्यानो कपडा अभियानकै रुपमा बाड्न थालेका छन् । नगरपालिका अन्तर्गत रहेका ९ वटै वडामा जाडोबाट प्रभावितहरुलाई वडा नं.१ देखि ९ सम्म विभिन्न वर्गहरुलाई विभिन्न वडाबाट निर्वाचित वडाअध्यक्षहरुको नेतृत्वमा न्यानो कपडा वितरण गरिएको छ ।

नगरपालिकाको वडा नं.१ देखि ९ सम्म हरेक वडामा १०० जनालाई बाड्ने अभियान अनुरुप वडा नं.१ देखि वडा नं.५ सम्म बाडिसकेको पनि मंगलबार(आज) नगरपालिका अन्तर्गतका बालगंगामा बाडेको र अब ३ वडामा मात्र बाड्न बाँकि रहेको नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलले जानकारी दिएका छन् ।

नगरभित्रका विपन्न परिवारहरु झुप्राभित्र जीवनयापन गर्ने गरेका थिए तर हालमा उनीहरुलाई न्यानो कपडा बाडिएपछि हर्षित भएका थिए । नगरपालिकाका वडा न.६ बस्ने श्याम महरा भन्छन,–ओछ्याउने र ओड्ने कपडा नभएर थरथर काम्दै थिए मेयरले न्यानो कपडा दिएपछि उनीहरु खुशीले आँखा रसाउदै सहयोगका लागि धन्यवाद दिए ।

पुसको जाडोमा पराल अनि सुकुल ओछ्याएर सुत्ने उनले ‘घर मे कुछो न है, रात मे पुवारके चटाइ ओढ के सुतै छलिए। मुद्दा आब आई सँ कम्बल ओढव घरमा केही छैन, रातमा परवालको सुकुल ओडेर सुत्थ्यौ तर अब कम्बल ओढ्छु’ हातमा नगरपालिकाले दिएको कम्बल देखाउँदै उनले भनिन् । नगरमा जनप्रतिनिधि भएको आभास भयो ।

नगर प्रमुख मण्डलले बृद्धबृद्धाहरुलाई कम्बल सहित बिस्कुट र पानी समेत बाडेका थिए । उनले नगरबासीहरुलाई पनि यस कार्यक्रममा आ–आफ्ना ठाउँबाट सहयोग गरेर विपन्न परिवारलाई सहयोग गर्न आग्रह गरे ।

त्यसैबीच मेयर मण्डलले प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले सुरु गरेका ‘बेटी बचाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरेपनि नगरपालिकामा उक्त कार्यक्रम मार्फत कुनै कार्यक्रम संचालन नभए प्रति दुख व्यक्त गरे । उनले दुख व्यक्त गर्दै प्रदेशले केही नगरेपनि नगरले आफै गर्ने प्रतिवद्धता जनाए । मेयर मण्डलले प्रदेशले सो कार्यक्रम अन्तर्गत मात्रै साईकल बाडेका छन् तर आफुहरु साईकल मात्रै होईन लक्षित वर्गहरुका लागि साईकल र ब्याग समेत बाडेर नगरलाई शिक्षा तफै उन्मुख गराउने तर्फ जोड दिने बताए ।

उनले नगरभित्रका रहेका ६ वडा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई यसै आर्थिक बर्षमा साईकल वितरण गर्ने योजना गरेका जनाए ।

मेयर मण्डलले त्यसका साथ साथै नगर भित्रका जेष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here