समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ४ चैत । धनुषाको हँसपुर नगरपालिका वडा नं.७ प्रसाही टाेलमा कविर कुटी भवन निर्माण हुन लागेकाे छ ।

नगरपालिकाको १० लाख आर्थिक सहयोगमा कविर कुटी भवन साेमवार देखि निर्माणको काम शुरु गरिएको हो ।नगरपालिकाका मेयर राम ज्ञान मंडल र वडा नं.७ का वडा अध्यक्ष राम सेवक मंडल ले संयुक्तरूपमा कविर कुटी भवन निर्माण कार्यको शिलान्यास गरेका छन् ।

जग्गा पूजन गर्दै अाउदाे अषाढ मसान्तसम्ममा यी याेजना निर्माण सम्पन्न भइसक्ने दाबी गरे । मेयर मंडलले जनताकाे मनाेभाव र चाहना अनुसार अाफू विकास कार्यकाे लागि अग्रसर भएकाे बताए । साे अवसरमा विभिन्न जनप्रतिनिधि, विभिन्न पाटीका नेता लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here