समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । कृषि प्रधान मुलुक हाम्रो देश नेपालमा कृषि नै धारासायी हँदै जानुमा सरकार दोषी रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वीकार गरेका छन् ।

सोमबार तिरहुतिया गाछीमा आयोजित खाध मेलाको समापन गर्दै मुख्यमन्त्री राउतले कृषिको अरबौ अनुदानको रकम माफियाहरुको खातामा जाने गरेकोले त्यसलाई निरुत्साहित गर्न प्रदेश सरकार किसानको खातामा अनुदान रकम पठाउने योजना ल्याउन लागेको बताए ।

खाद्य प्रवृद्धि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा आयोजित मेलामा मुख्यमन्त्री राउतले कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकी करण गर्न सकिन्छ भन्ने बारे ज्ञान प्रदान गरेको उल्लेख गर्दै उनले प्रदेश २ का किसानहरुलाई पनि यसै दिसामा अग्रसर हुनुपर्ने बताए ।

उनले आधुनिकिकरणको नाउमा खान पानमा सबै भन्दा बढी हेल चक्रयाई हुँदै आएकोले स्थानीय उत्पादनलाई खान पानमा बढी भन्दा बढी प्रयोग गर्न आग्रह समेत गरे ।

खाद्य प्रवृधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र रायको अध्यक्षतामा भएको समापन समारोहमा मेलामा सहभागी स्टलहरु मध्ये उत्कृष्ट भएकाहरुलाई पुररस्कार समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here