समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १६ पुस ।
मुलुकको भविष्य बालबालिकाकै हातमा रहेको प्रदेश नं.२ का सामाजिक विकास मन्त्री नवल किशोर साहले बताएका छन् ।
सिविन र आसमान नेपालले आयोजना गरेको नेपालको तहमा सरकारका संरचनामा बालबालिकाको सबाल नामक प्रादेशिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री साहले नेपालको भविष्य बालबालिकाको हातमा रहेको तर बालबालिकाको भविष्य आमा बुवाको हातमा रहेको उनले बताए ।
उनले वालवालिका हाम्रो देशका कर्णधार रहेको हुनाले बालबालिको भविष्यको संरचना गर्नुमा आमा बुवालगायत सबै जिम्मेबार पक्षकोलाई ध्यान दिनु पर्ने आवश्यक रहेको बताएका छन् ।
बालबालिकाको अधिकारलाई दिलाउन हाम्रो परयास जारी रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताए ।
उक्त गोष्ठीमा बोल्दै मन्त्री यादवले बाल संरक्षण कसरी गर्ने , बालबालिकाहरुले कस्तो समस्याहरु भोगी रहेका विषयमा प्रस्ट परेका थिए ।
अहिले विशेष गरेर बालिकाले मानसिक यातना , समाजिक यातना , स्कुलको समस्या , बाटो घाटोमा विभिन् यातना , गाउँसमाजको यातना मात्रै नभएर अहिले प्रब्धिक युगमा बालिकाहरुले अनलाइ यातना समेत भोगी रहेका छन् ।
बालिकाहरुले विशेष गरेर आफुले भोगी रहेको समस्या कसै साटासाट गर्ने व्यवस्था छैन सब भन्दा पहिला बालबालिकाले भोगी रहेको समस्या बुझ्नु पर्ने मन्त्री साहले बताए ।
बालबालिकाहरुको मैत्रीपुर्ण वातावरणको आवश्यकता रहेको संसद सुरीता साहले बताए ।
उक्त गोष्ठीमा बोल्दै संसद साहले भने कानुन २० वर्ष भन्दा अगाडि कसैको बिहे गर्न नपाउने रहेपानि हाम्रो समाजमा बालविवाह भइरहेको छ , जब सम्म हाम्रो समाजमा जनचेतना वृद्धि हुदैन तब सम्म हाम्रो समाजबाट यो कुरीति नहट्ने संसद साहले बताए ।
बालबालिकाको क्षेत्रमा काम गर्ने नागरिक समाज , जन प्रतिनिधि , लगायतका सरकारवलाहरुको कार्यक्रममा उपस्तिथि रहेको थियो ।