समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २३ पुस ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो।लालबाबु राउत गद्धीलाई बुद्ध एयरले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश नं.२ अन्तर्गत जनकपुर, राजविराज र सिमरामा विमानस्थल भएतापनि विमान स्थलमा इन्धनको व्यवस्था नरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

विमानस्थलमा इन्धनको व्यवस्था नहुँदा रात्रीकालीन अवतरण गर्न नसकेको बुद्ध एयरका जनकपुर प्रबन्धक विजय कुमार सिंहले बुझाएको ध्यानाकर्षणमा उल्लेख छ ।

ध्यानाकर्षणमा धार्मिक, पर्यटकीयलगायत विभिन्न कारणले महत्वपूर्ण क्षेत्रमा आवागमन सहज बनाउन ती विमानस्थलमा ठूल्ठूला विमान अवतरणका लागि इन्धन भर्ने जस्ता पूर्वाधार आवश्यकता रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सप्तरी स्थित राजविराजमा धेरै पुरानो हवाईअड्डा भएपनि इन्धन लगायतका विभिन्न कारणको असुविधाका कारण नियमितता पाउन सकेको छ्न ।

राजविराजमा केही महिना अघिबाट विमानस्थल पुनः सञ्चालनमा आएको छ । यी विमानस्थलहरुले गर्दा दक्षिण सीमावर्ती भारतीय नागरिक र पूर्वी पहाड तथा हिमालका जनतालाई हवाई सुविधा पुग्दै आएको छ ।

इन्धन भर्ने सुविधा नहुँदा जहाजले क्षमताअनुसारको लोड बोक्न नपाउने भएका कारणले पनि भाडा दर सस्तो हुन नसकेको सिंहले बताए । उनले आवश्यक पूर्वाधार स्थापना र सञ्चालनमा आए विमान कम्पनीहरूले नियमित उडान संख्या थप्ने र अन्य सेक्टरमा झैं प्रदेश २ मा पनि हवाई भाडादर कम गर्ने बताए ।

अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुर र बाराको सिमरा विमानस्थलमा यात्रुको चापको तुलनामा विमान उडान संख्या कम रहेको गुनासो सेवाग्राहीको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here