समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम ३ माघ ।

प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई अस्थाई शिक्षकहरुले ज्ञापन पत्र बुझाएका छन् ।
बर्षौदेखि अध्यापन गराईरहेको शिक्षकहरु पदमुक्त गर्ने भएपछि आन्दोलित भएका छन् । बिहिवार एक बुँदे मागसहित आफुहरुलाई स्थाई गर्न मागसहित ज्ञापन पत्र बुझाएका छन् । अस्थाई शिक्षकहरुलाई स्थाई गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । विहिवार अस्थाई शिक्षकहरु एक बुँदे माग सहित प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएको छन् ।

उनीहरुले शिक्षकहरुलाई कुनै पनि बहानामा अवकाश नदिई अनिर्वाय अवकाश उमेरको हदसम्म यथावत विद्यालयमा कामकाजमा राख्ने माग राखेका छन् । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले शिक्षा क्षेत्रमा आफ्नो जिवनको लामो समय दिने अस्थाई शिक्षकहरुलाई स्थाई हुनुपर्ने बताए । अस्थाई शिक्षकहरुलाई आफु सकेजति सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्थाई गर्न शिक्षकहरुलाई मौका परिक्षा लिईएपनि सबैलाई फेल गरेको ज्ञापन पत्र बुझाउन गएका नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामशिनेही यादवले बताए । यादवले अस्थाई शिक्षकहरुको परिणाममा प्रदेश २ सँग पक्षपात गर्दै अधिकांश शिक्षकहरुलाई फेल गरेको आरोप लगाए ।

अस्थाई शिक्षकहरुले शिक्षा मन्त्री गिरीराजमणि पोखरेल विरुद्ध नारावाजी गर्दै ¥याली सहित मुख्यमन्त्रीको कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएका थिए । साथ अस्थाई शिक्षकहरु माघ ७ गते नेपालको ७७ वटै जिल्लाका अस्थाई शिक्षकहरुद्घारा केन्द्रिय राजधानीमा पुगी प्रदर्शन गर्ने कार्यक्रम रहेका जनाए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here