समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राम नारायण पंडित
सिरहा, ६ पौष ।
सिरहाको मिर्चैया नगरपालिका स्थित नेपाल टेलिकमको शाखा कार्यालयको अवस्था दिनप्रतिदिन जर्जर हुदै गएको छ । सरसफाई तथा कर्मचारीको अभावमा कार्यालयको अवस्था दिनप्रतिदिन दुर्दशा हुदै गएकको छ ।
हाल कार्र्यालय पालेको भरमा संचालन भईरहेको छ । मिर्चैया नगरपालिका वडा नं. ७ मा अवस्थित कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई दैनिक सास्ती भोग्नुपरिरहेको छ । आवश्यक कर्मचारी नहुँदा कार्यालयका पालेले नै टेलिफोनको बिल बुझने गरेका छन् ।
कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेपनि अहिले ३ जना मात्र कर्मचारी उपलब्ध रहेकोले काम गर्न समस्या भईरहेको कार्यालयका पाले ब्रह्म नारायण चौधरीले बताए । उनले भने,–“यहाँ कर्मचारीको अभाव छ, त्यसैले हाकिमको काम पनि मलाई नै गर्नुपर्छ, म नै बिल बुझ्छु, मेसिन बिगे्रपनि अलिअलि ठिकठाक पार्छु ।”


कार्यालयका प्राबिधिक राजु साहले भने,–“यहाँ काम गर्न धेरै समस्या भईरहेको छ, कर्मचारी छैन, हामी दुई जना प्राबिधिकलाई मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाको फिल्डमा जानुपर्छ, स्रोत साधन पनि छैन, आवश्यक स्रोतसाधन उपलब्ध गराउन कार्यालय प्रमुखलाई भनेपनि सुनुवाई गर्दैन, ग्राहकको गुनासो हामीलाई सुन्नु परेको छ ।”

ग्राहकको माग अनुसार सेवा दिन नसकिरहेको अर्का प्राबिधिक बिरेन्द्र साहले सुनाए । उनले भने,–“करिब २० वर्ष पहिलादेखिकै पुरानै सिस्टममा कार्यालय संचालन भईरहेको छ, ग्राहकको माग पुरा गर्न सक्ने सामथ्र्य छैन, जसोतसो एरियल कपरले धानेको अवस्था छ, अप्टिकल फाइबरको आवश्यक्ता छ, क्षमता बिस्तार गर्नुपर्छ, तर माथिल्लो निकायले ध्यान दिदैन ।”
कार्यालयमा कामका लागि पुगेका मिर्चैया ६ का जितेन्द्र यादवले भने,–“दुरसञ्चार कार्यालयमा टेलिफोन खराब भएको जानकारी गराउँदा पनि समयमा ठिक गर्न जाँदैन, महिनौ दिन कुर्नुपर्छ अनि मात्र काम हुन्छ, के भन्नु यहाँ हाकिम को हो थाहै लाग्दैन, ईन्टरनेटमा समय समाप्त हुन ड्ट बाँकी छ तर पनि लाईन काट्यो, यहाँ हाकिमको लापरबाहीले यस्तो भईरहेको छ ।”
कार्यालय प्रमुख गजेन्द्र प्रसाद साहले कार्यालयको विषयमा पुर्णरुपमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले संचारकर्मीको जिज्ञासामा बोल्न नचाहेर पन्छिन खोज्दै भने,–“मलाई आएको ४ महिना मात्र भएको छ, अहिले कतिपय कुरा बुझेको पनि छैन, तपाईहरुलाई त थाहै छ, हेर्नु भो के कसो छ, यहि हो यस्तै छ, के भन्नु, बरु अर्को दिन आउनुस म तयार गरेर राख्छु, तपाईहरुलाई भन्न कागज खोजेर राख्छु ।”


२०५६ सालमा स्थापना भएको नेपाल टेलिकम मिर्चैया शाखाले गा्रहकलाई आवश्यक सेवा सुबिधा दिन नसक्दा कतिपय टेलिफोनको लाइन बन्द भईसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छ । ग्राहकले माग गरेको नयाँ लाइन पनि स्रोत साधनको अभावमा जडान गर्न नसकिरहेको कार्यालयका एक कर्मचारीले बताए । टेलिकममा करिब १ हजार टेलिफोनको लाईन जडान भएपनि कार्यालयका लापरवाहीका कारणले करीब ७ सय लाईन मात्र सुचारु छन् भने ३ सय लाईन बन्द भईसकेको अवस्था छ ।
नेपाल सरकारको प्रत्यक्ष चासो रहेको यस कार्यालयमा जथाभाबी रुपमा लहरा लत्रेको र पुराना समानहरु जथाभावी कार्यालयको प्रांगनमा फालिएकोले कार्यालय कुरुप बनेका छन् । कुनै पनि कार्यालयमा सबैले देखिने गरी नेम प्लेटको बोर्ड लगाउनु पर्ने प्रावधान रहेपनि कार्यालयमा बोर्ड पनि नरहेको अवस्था छ । सरसफाईको लागि आएको बजेट कार्यालय प्रमुखले गोलमाल गरी कार्यालयलाई कुरुप बनाएको एक कर्मचारीले बताए । जम्मा ३ कोठे भवनमा संचालन भईरहेको कार्यालयमा कोठाको अभावले कर्मचारीलाई बसेर काम गर्न समेत समस्या भईरहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here