समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाम स्थित जनकपुर आर्ट एण्ड क्राफटमा मिथिला पेन्टिङ्ग द्वारा महिला सशत्तिकरण सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ ।

जनकपुर आर्ट एण्ड कर्फट र नेपाल दलित महिला उत्थान संघको सयुत्त आयोयना र व्रिज वाटर स्टेट यूनिभरसिटी (Bridge Water State Univercity ) का प्रेफेशर डाईना फक्सको सहयोगमा संचालित तालिम मिति २०७६ पैष ३ गते देखि सुरु भएको थियो ।

६ जना सहभागी रहेको उक्त तालिमको उदेश्य मिथिला पेन्टिङ्गको माध्यमले महिला सशत्तिकरण गरी आफ्नो व्यत्तिगत, पारिवारीक तथा सामूदायिक जीवनमा नेतृत्व प्रदान गर्ने रहेको छ । तालिममा मिथिला पेन्टिङ्ग संगसंगै मिहला शसत्तिकरणका लागी मिहला हिंसा, महिला अधिकार, वाल विवाह, दाइजो प्रथा, लैङ्गिक विभेद, लैङ्गिक समानता, घरेलु हिंसा (कसुर तथा सजाय) एन २०६६, जातिय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) एन २०६८ तथा २०७२ को संविधानको अवधारणा र नागरिकता समवन्धि हकमा आमाको नामवाट नागरिकतावारे जानकारी गराइएको छ ।

तालिम पश्चात सहभागी महिला तथा किशोरीहरुले समाजमा व्यापत महिला हिंसा तथा कुरितीहरुलाई पेन्टिङ्गको माध्यमले वाहिर ल्याउछिन भने पेन्टिङ्ग कै माध्यमले लोप हुदै गईरहेका मिथिलाका संसकार, संस्कृति र सभ्यतालाई जिवन्त राख्नेछिन ।

यस तालिमले महिला सशत्तिकरण संग सगै उनीहरुको जिविकोपार्जनमा समेत अहम भूमिका खेल्ने कार्यक्रम संयोजक अशोक साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here