समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मी विनोद महरा सम्मानित भएका छन् ।

अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एक कार्यक्रम बीच मंगलवार अधिकारकर्मी महरा सम्मानित भएका हुन् । मानव अधिकारकर्मी महरालाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले हातबाट सम्मानपत्र प्रदान गरेका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील भई महिला अधिकार, सामाजिक न्याय, मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन र समतामूलक समाज निर्माणमा उल्लेख योगदान पु¥याईरहेको भन्दै महिला अधिकार रक्षक संजाल धनुषाले अधिकारकर्मी महरा लगायतका वरिष्ठ मानव अधिकारकर्मीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने वरिष्ठ मानव अधिकाकर्मीहरुमा ईन्सेकका प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका राजकुमार महासेठलगायत छन् ।

आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको संरक्षण, समवद्र्धन र समतामूलक समाज निर्माणमा अनवरत क्रियाशिल रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको दिनमा यहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

विगत १५ वर्ष देखी मानव अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल मानव अधिकारकर्मी महरा विभिन्न संघसंस्थामा आवद्ध भई मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउदै आईरहेका छन् । महरा हाल तराई मधेश रक्षक संजालका प्रदेश २ का संयोजक छन् ।

सम्मानित भएपछि मानव अधिकारकर्मी महराले आयोजकलाई सम्मानको लायक सम्झेकामा धन्यवाद दिउ । उनले सम्मानले उर्जा प्रदान गरेको साथै जिम्मेवारीप्रति थप सशक्त बनाउने बताए । उनले प्रदेश २ सरकार परिवर्तन तथा अधिकारको लागि भएको आन्दोलनको बलमा स्थापित भएको भन्दै अधिकारको पक्षमा सदैव उभिरहन प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।

प्रदेश सभाबाट पारित भएका दलित विद्येयक लगायत विभिन्न विद्येयक अविलम्व कार्यान्वयनको चरणमा ल्याउन समेत प्रदेश सरकारलाई सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here