समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । तराई मधेश अधिकार रक्षक सँजाल (थड) एलायन्स)को प्रदेश २ का संयोजक मानवअधिकारकर्मी विनोद महरालाई सम्मान गरिएको छ । विगत १५ वर्षदेखी मानवअधिकारको क्षेत्रमा कार्यरत रहेको, यस क्षेत्रमा राम्रो दख्खल रहेको, घटनाको गहिरो अध्ययन अनुसन्धान गर्ने गरेको तथा यस क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै मानवअधिकारकर्मी महरालाई थर्ड एलायन्सले सम्मान गरेको हो ।

प्रदेश संयोजक मानवअधिकारकर्मी महरालाई थर्ड एलायन्सका कार्यकारी निर्देशक मोहन कर्णले सम्मान गरेका हुन् । २०१९ को वार्षिक समिक्षा कार्यक्रममा थर्ड एलायन्सले मानव अधिकारको क्षेत्रमा विगत १५ वर्षदेखि सक्रियतापूर्वक काम गरेको तथा थर्ड एलाइन्समा ६ महिना भित्र मानवअधिकार संरक्षण, संवद्र्धन र अनुगमन कार्यमा राम्रो दख्खल रहेको भन्दै थर्ड एलायन्सका कार्यकारी निर्देशक मोहन कर्णले प्रदेश संयोजक महरालाई सम्मान गरेका हुन् ।

काभ्रेको धुलिखेलमा आयोजित तराई मानव अधिकार रक्षक संजालको तीन दिवसीय समिक्षा बैठकमा १९ जिल्लाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । विगत १५ वर्ष देखी मानव अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल मानव अधिकारकर्मी महरा विभिन्न संघसंस्थामा आवद्ध भई मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउदै आईरहेका छन् । महरा यसअघि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा आवद्ध भई झण्डै १२ वर्ष मानवअधिकारकर्मीको रुपमा सक्रियपूर्वक काम गरेका थिए ।

सम्मानित भएपछि प्रदेश संयोजक मानवअधिकारकर्मी महराले आफुले गरेको कार्यको उचित मूल्यांकन गरि सम्मानको लायक सम्झेकामा आयोजकलाई धन्यवाद दिए । महराले सम्मानले थप उर्जा प्रदान गरेको साथै जिम्मेवारीप्रति थप सशक्त बनाउने बताए ।

मानवअधिकारकर्मी महरा यसअघि पनि विभिन्न संघसंस्थाबाट सम्मानित भईसकेका छन् । मानवअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै केहीदिन अघि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा मानवअधिकारकर्मी महरालाई मुख्यमन्त्रीले सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here