समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, २ चैत ।

माँ दुर्गा युवा क्लब द्वारा धनुषाकोफहँसपुर नगरपालिका वडा नं. ५ सुगानिकासमा १८ दिने फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मंडल द्वारा संयुक्तरूपले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

मन्त्री यादवले हँसपुर नगरपालिका विगत केहि दिन देखि खेलकुद क्षेत्रमा अगाडि बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन् । युवाको लागि मात्रै फुटबल खेल उपयुक्त रहेको बताए । उनले युवाले मात्रै फुटवल खल्ने सक्ने भएर युवा फुटबल र खेल क्षेत्रमा अगाडि बढाउनु प्रदेश सरकार हरेक खालको सहयोग गर्ने बताए ।

आयोजित उद्घाटन कार्यक्रममा विभिन्न निर्वाचित वडा अध्यक्षहरू, समाज सेवि, विभिन्न दलका राजनिती पदाअधिकारीहरु, युवाहरू, खेलाडीहरु सभागी भयो । माँ दुर्गा युवा क्लब द्वारा आयोजित उक्त फुटबल प्रतियोगितामा जम्मा २० वटा टिमको सहभागीता रहेको छ । शनिवारदेखि सुरु भएको उक्त फुटबल प्रतियोगितामा पहिलो दिन सुगानिकास र खर्बोनी टिम बीच प्रतिस्पर्धा भयो । जसमा खर्बोनी टिम २– ० ले विजयी भएको छ ।

उक्त फुटबल प्रतियोगितामा प्रथम विजेतालाई नगद २० हजार र दोश्रोलाई नगद १२ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक माँ दुर्गा युवा क्लबका अध्यक्ष नन्द कुमार मंडलले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here