समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । महोत्तरीको भंगहामा नगरपालिकामा अज्ञात रोगबाट १२ जनाको मृत्यु भएपछि प्रदेश सरकारका मन्त्रीहरु मृतक परिवारलाई १÷१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

१० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएपछि आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मृतक परिवारलाई किरिया खर्चका लागि रु १ लाख उपलब्ध गराउने प्रतिबद्वता जनाए ।

यादवले मृतक १२ जनाकै परिवारलाई एक लाखका दरले उपलब्ध गराउने बताए ।

सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले मेघनाथ गोरहन्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा भंगहा नगरपालिकाका मेयर संजिव साहले कडा कानुन बनाएर मदिरा उत्पादन तथा बिक्री वितरण बन्द नभए सम्म घटना भइरहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here